समाज

    Showing ८,८५१-८,८६० of ११,३०१ items.
  • यस्तो छ काँग्रेस र एमालेबीच भएको मन्त्रालय भागबन्डाको सहमति

    विराटनगर : नेपाली काँग्रेस र नेकपा एमालेबीच मन्त्रालयको भागबण्डा टुंगिएकाे छ। जसअनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेकाे छ।नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला, कृषि र वन मन्त्रालय पाउने भएको छ।त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँक

    • प्रकाशित मितिः असार ३०, २०८१
    • ३१३ पटक पढिएको
  • मादी बहुमुखी क्याम्पस स्ववियुले गर्यो उन्नत जातका एक हजार विरुवा वृक्षारोपण

    संखुवासभा / संखुवासभा  स्थित  मादी बहुमुखी क्याम्पसकको  स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को आयोजनामा उन्नत जातका एक हजार विरुवा वृक्षारोपण गरिएकोे छ ।  २११ औं  भानु जयन्तिको अवसर पारेर  स्ववियु कार्यवाहक सभापति मिहिन पौडेलको अध्यक्षता तथा  राष्ट्रिय अनुसन्धान आयोग मादी नगर प्रमुख मनिस बुढाथोकीको प्रमुख आतिथ्यमा १ हजार विरुवा रोपन कार्यको  सुरुवात गरिएको हो ।  स्ववियुले संखुवासभा जिल्ला भरिका क्याम्पस मध्ये पहिलो पटक वृक्षारोपण  आयोजना गरेको हो । यसरी बृहत वृक्षारोपण कार्यक्रमले बिद्यार्थीले पढाई सँग मात्र नभैइ वातावरण सँग पनि चिर पचित हुने,

    • प्रकाशित मितिः असार ३०, २०८१
    • ४२८ पटक पढिएको
  • एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै

    विराटनगर / नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) नेपालकाे प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।नेकपा (माओवादी केन्द्र)बाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पाैडेलले साेही दिन नै नयाँ सरकार गठनका लागि संविधानकाे धारा ७७ (२) अनुसार आव्हान गरेका थिए ।ओलीले नेपाली काँग्रेससहितका दलहरुकाे समर्थनमा बहुमत सांसदहरुकाे हस्ताक्षरसहित शुक्रबार राति साढे नाै बजे दाबी पेस गरेका थिए। साेही दाबीअनुसार पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर

    • प्रकाशित मितिः असार ३०, २०८१
    • २१० पटक पढिएको
  • पौवादुङमाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    भोजपुर / भोजपरको पौवादुङमा गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, गाउँपालिकामा सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गर्नुभयो ।सार्वजनिक सुनुवाईकार्यक्रम मार्फत गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमाको बारेमा जानकारी गर

    • प्रकाशित मितिः असार २९, २०८१
    • २४४ पटक पढिएको
  • चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनमा

    काठमाडौं / मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारबाट प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गरेका छन् । चलचित्र ‘घरज्वाइँ’ ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ । घर ज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रूपमा सो चलचित्रमा देखाइएको छ । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए । फिल्मका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट

    • प्रकाशित मितिः असार २९, २०८१
    • ४०२ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिकाले खर्च ८४ प्रतिशत गर्यो

    भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा ८३ दशमलव ७३ प्रतिशत खर्च गरेको छ ।गाउँपालिकाले शुक्रवार आ.व. २०८०/०८१ को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ र आ.व. २०८१÷०८२ को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनीकीकरण कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको ८३ दशमलव ७३ प्रतिशत खर्च भएको बतए । कुल ४५ करोड ७१ लाख ४८ हजार ६ सय रुपैयाँ मध्ये चालु आर्थिक वर्षको अन्तसम्ममा ८३ दशमलव ६५ प्रतिशत अर्थात् ४२ करोड ३४ लाख पैसा खर्च गरेको हो । गाउँपालिकाले सार्वजनिक गरेको वित्तीय प्रगति विवरण

    • प्रकाशित मितिः असार २९, २०८१
    • ३९७ पटक पढिएको
  • ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

    काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एक जना सांसद तटस्थ बसे । प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ ।  १८ महिनाको अवधिमा उनले पाँचौं प

    • प्रकाशित मितिः असार २८, २०८१
    • ४२६ पटक पढिएको
  • मोरङको खार खोला पैनीमा आएको बाढीले सुन्दरहरैचाको बस्ती डुबान

    सुन्दरहरैंचा / मोरङको खार खोला पैनीमा आएको बाढीले सय घर डुबान भएको छ। सुन्दरहरैचा नगरपालिका ५ र ६ को बीचमा पर्ने खार खोला पैनीमा आएको बाढी सय भन्दा बढी घर डुबानमा परेको हो । अविरल वर्षाका कारण सुन्दरहरैचामा सय भन्दा बढी घर डुबानमा परेका छन्। सुन्दरहरैचा ५ मा पर्ने तीनपैनी नजिक कल्भट रहेको र त्यो नखोल्दा त्यस भन्दा माथिका घरहरु डुबानमा परेको स्थानीयहरुले बताएका छन्।डुबान भएपछि मानिसहरु घर छाडेर बाहिर बस्न बाध्य भएका छन्। स्थानीयले कल्भट नखोल्दा बस्ती डुबान भए भन्ने जानकारी पाएपछि सुन्दरहरैचा ५ का वडा अध्यक्ष गणेश चौधरीलाई सम्पर्क गर्दा त्यहाँ पानी समिति रहेको र समितका अध्यक्षलाई फोन गरी त्

    • प्रकाशित मितिः असार २८, २०८१
    • २२६ पटक पढिएको
  • हो माया घर नेपाल असाह्य र बेसाहाराको घर हो

    इटहरी / विगत ७ वर्ष अघि २०७४ सालमा पूर्वको सुनसरीमा स्थापना भएको माया घर नेपाल मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामा समर्पित रहँदै आएको संस्था हो ।  सुनसरीको इटहरी २ मा अवस्थित माया घरले हालसम्म ७ हजार जना भन्दा बढी बेसाहारा मानिसहरुको पुनःस्थापना तथा पारिवारिक मिलन गराएको छ । हाल संस्थामा करिब  १४६ जनाले आश्रय लिइरहेका छन् भने अहिले सम्म ६६ जिल्लाका मानव आश्रित भएका छन् । माया घरमा आश्रयमा बस्नेहरुमा  हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरुलाई माया घर नेपालले साहारा दिदै आएको छ । यस्ता बेसहारा मानिसहरुलाई  गाँस, बास र कपास,

    • प्रकाशित मितिः असार २८, २०८१
    • ३७५ पटक पढिएको
  • चलचित्र घरज्वाइँ : ‘मगर समुदाय संस्कृतिमा धनी छ’

    काठमाडौं / नेपाली चलचित्र घर ज्वाइँको प्रिमियर सो सम्पन्न भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरूसम्मको बाक्लो उपस्थिति रहेको थियो ।चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपसभामुख इन्दिरा रानाले राम्रो चलचित्र भएको बताउनुभयो । उहाँले मगर जातिको कथावस्तुलाई चलचित्रमा देखाइएको बताउनुभयो ।पूर्वका मगरहरू छिटो शिक्षित हुँदै गएको देखिने र पश्चिमका मगर समुदायहरू केही ढिलोगरी शिक्षित हुने स्थिति रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्नुहुँदै कलाकार कविता आलेले मगर समुदायको व्यक्तिले भोगिरहेको कथालाई चल

    • प्रकाशित मितिः असार २८, २०८१
    • ३९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]