इटहरी / विगत ७ वर्ष अघि २०७४ सालमा पूर्वको सुनसरीमा स्थापना भएको माया घर नेपाल मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामा समर्पित रहँदै आएको संस्था हो ।
सुनसरीको इटहरी २ मा अवस्थित माया घरले हालसम्म ७ हजार जना भन्दा बढी बेसाहारा मानिसहरुको पुनःस्थापना तथा पारिवारिक मिलन गराएको छ । हाल संस्थामा करिब १४६ जनाले आश्रय लिइरहेका छन् भने अहिले सम्म ६६ जिल्लाका मानव आश्रित भएका छन् । माया घरमा आश्रयमा बस्नेहरुमा हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरुलाई माया घर नेपालले साहारा दिदै आएको छ ।
यस्ता बेसहारा मानिसहरुलाई गाँस, बास र कपास, लगायत उनीहरुको स्वास्थ्य उपचार, शिक्षामा अत्याधिक खर्च हुने गरेको छ । माया घर संचालनमा मासिक करिब ६ लाख रुपैयाँ सम्म खर्च हुने गरेको छ । आवश्यक खर्च जुटाउन हालसम्म आइपुग्दा स्थानीय सरकार, विभिन्न संघसंस्था तथा सहयोगी दाता व्यक्तिहरुको सहयोगमा खर्चको व्यवस्थापन हुँदै आएको छ ।
माया घरमा आश्रयमा रहने व्यक्तिहरुको पालन पोषण एवं व्यवस्थापन खर्चहरु सधै सहयोग जुटाएर गर्नुपर्दा धेरै समस्या हुने गरेको छ । आज भन्दा तिन वर्ष अगाडी देखि माया घर नेपालको आश्रय लिएर अध्ययन गरिरहेकी एक किशोरीे आफ्नो घर धनकुटा बताउने निर्मला भुजेल बेसाहारा आफन्त विहिन भएर विभिन्न ठाउँमा गएको र अहिले यँहा आए पछि सबैको माया पाएको र पढ्न समेत पाउँदा खुसि व्यक्त गरिन् ।
संस्थाले सुरक्षित आवासको लागि सुविधा सम्पन्न भवन निर्माण अभियानलाई अगाडि सार्दै भवन निर्माण चरणको काम समेत गर्दै आएको छ । विषेशत इटहरी धरानका सडक मानव उद्धारमा संस्थाकोे महत्तव पुर्ण भूमिका रहेको छ । सडक मानवहरुको उद्दार गरेर नयाँ जिवन दिन औषधि उपचार गर्ने देखि लिएर शिक्षा, स्वास्थ्य प्रदान गर्दै पुनः नयाँ जिवन दिने गरेको माया घर नेपालका कर्मचारी पार्वती भट्टराईले बताउनुभयो ।
आहिले सम्म संस्थाले बचाउनका लागि मात्र आधारभुत आवश्यक्ता जोहो गर्दै आए पनि आगामी दिनमा संस्थामा आश्रीत मानवलाई नयाँ जिवन दिई संस्कार प्रदान गर्दै सिप मुलक कार्यक्रम सँग जोड्ने योजना बनाएर संस्था अगाडी सरेको माया घर नेपालका अध्यक्ष शुभद्रा प्याकुरेलले बताउनु भयो ।
नेपाल सरकारको मन्त्री परिसदको निर्णयले सडकमा बेसहारा भएर बस्ने मानवलाई उद्दार गर्ने र संरक्षण गर्न स्थानिय सरकारलाई जिम्मा दिएको छ । सो निर्णय अनुसार स्थानिय सरकारले चासो, चिन्ता गरिदिने हो भने, मानिसहरु बेसहारा हुदै सडक सम्म पुग्नु पर्ने थिएन् । हो माया घर नेपाल असाह्य र बेसाहाराको घर बनेको छ । सो विषयमा सरकारकोे विषेश ध्यान जानु पर्ने देखिन्छ ।


