काठमाडौँ / असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्म गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ । जिएम मु
रामधुनी / कुनै पनी जातजाति र धर्म सस्कृतिको संरक्षण गर्ने पहिलो दायित्व त्यहि समुदायको रहेको महिला वालवालिका तथा जेष्ठ नगरिक मन्त्री भगवती चौधरीले बताउनु भएको छ । सुनसरी झुम्का स्थित थारु पौराणिक धुम्रानाच पुस्ता हस्तान्तरण समापन कार्यक्रममा वोल्नु हुदै प्रमुख अतिथि मन्त्री भगवती चौधरीले आफ्नो धर्म सस्कृत जोगाउन पहिले आफै जागरुक हुनु पर्ने बताउनु भयो । थारु समुदायको लोपोन्मुख धुम्रानाच संरक्षणमा जुटेका रामधुनी भासीका थारु समुदायलाइ मन्त्री चौधरीले आफ्नो मन्त्रालयवाट समेत सक्दो सहयोग गर्ने बताउनु भयो ।रामधुनी नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको १५ दिने धुम्रा ना
धरान / धरान बास्कोटबल संघद्वारा आयोजित ९औं बास्केटबल ट्यालेन्ट हन्ट एन्ड ट्रेनिङ क्याम्प सम्पन्न भएको छ । २०८१ जेष्ठ १० देखी सुरु भएको एक महिने ट्रेनिङ क्याम्प प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव कृष्ण बस्नेत पर्शुराम ज्यूको प्रमुख अतिथ्यतामा असार १० गते धरानमा सम्पन्न भएको छ ।एक महिना सम्म चलेको कार्यक्रम को समापन सोमारहमा आतिथिहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीम ज्वाला राई , धरान उपमहानगरपालिका वडा नम्बर १० वडा अध्यक्ष विवेक राई , पत्रकार महासंघ कोशी प्रदेश सचिब देवेन्द्र कार्की, युवा नेता दिपक बनेपाली लगााायतको , लगायत प्रशिक्षक, पत
संखुवासभा / संखुवासभाको मकालु गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । सोमबार मकालु गाउँपालिकाको केन्द्र नुममा १० औं गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट, नीति तथा योजनामाथि छलफल गरेको छ ।सभामा २०८१–०८२ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेश गरिएको थियो । उक्त विधेयक सर्वसम्मत पारित भएको छ । आर्थिक विकास समिति संयोजक बद्री बहादुर राईले आर्थिक विधेयक प्रस्तुत गरेका थिए भने उपाध्यक्ष मनकला राईले विनियोजन विधेयक प्रस्तुत गरेका थिए । उपाध्यक्ष राईले अनुमानित ४६ करोड ५३ लाख ६२ हजार ४ सय ६४ रुपैंयाको विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।जस्मा केन्द्रिय सरकार वित्
इटहरी | सुनसरीको इटहरीस्थित एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले वृहत एजुकेशन फेयर २०२४ सम्पन्न गरेको छ । एजुकेसन फेयरमा युके र न्युजिल्यान्ड लाई फोकस गरिएको थियो । नेपाली विद्यार्थीहरूको रोजाई पछिल्लो समय युके र न्युजिल्यान्डमा पर्न थालेपछि एक्सपर्टले त्यस क्षेत्रका युनिभर्सिटीहरू सँग सहकार्य गरी बिद्यार्थीहरूलाइ प्रोत्साहन तथा परामर्श दिन इटहरीमा बृहत् एजुकेसन फेयर गरेको हो । उक्त फेयरमा इटहरी लगायत आसपासका दुई हजार विद्यार्थीहरू लाभान्वित भएका छन् ।विद्यार्थीहरूले न्युजिल्यान्ड र युकेका प्रतिनिधिहरू सँग प्रत्यक्ष भेट र भलाकुसारी गर्ने अवसर प्राप्त गरेका थिए । पछिल्लो समय युके र न्युजिल्
खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु ९८ करोड ९४ लाखको बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘नगर हाम्रो प्राण–नगर हाम्रो शान, नगर मै छ जिन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ सोमबार सम्पन्न ११ औँ नगरसभामा उपप्रमुख विशन राईले रु ९८ करोड ९४ लाख ४२ हजार ९९५ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।कार्यक्रममा सङ्घीय सशर्त अनुदान अन्तरगत चालुतर्फ अनुमानित रु ४७ करोड ६६ लाख १२ हजार र पुँजीगततर्फ रु चार करोड ७७ लाख ८२ हजार बजेट प्रस्तुत गरिएको छ । यस्तै, सङ्घीय समपुरकबाट सञ्चालित योजनाका लागि रु एक करोड, प्रदेश समपुरकबाट सञ्चालित आयोजन
संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाले ६७ करोड ४५ लाख ७६ हजार रुपैयाको बजेट बिनियोजन गरेको छ । सोमबार खाँदबारी नगरपालिकाको १६औँ नगरसभा बैठकमा उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले उक्त बजेट विनियोजन गरेकी हुन् ।उक्त नगरसभामा आगामी आर्थिक वर्ष ०८१/८२ का नीति तथा कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रम सभाले पास गरेको थियो । त्यसपछि नगर उपप्रमुख बज्राचार्यले खाँदबारी नगरपालिकाको कुल आय–व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरिएको बजेट सार्वजनिक गरेकी थिइन् । समृद्ध नगर बनाउन खाँदबारी नगरपालिका लागिपरिरहेकोलगायत थुप्रै योजनाहरू अग
धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ६२ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको पाँचौं अधिवेशनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहित बजेट सर्वसम्मतिले पारित भएको हो ।पालिकाले आगामी आर्थिक वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । त्यस्तै, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण, पर्यटन पूर्वाधार विकास र युवा स्वरोजगार कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।पालिकाले बजेट कार्यान्वयनका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने नगर प्रमुख ध्रुवराज रायले बताए । अधिवेशनमा प्रस्त
सुन्दरहरैँचा । राज्यले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा पहिचान गरिसकेको सहकारी क्षेत्रले नेपालमा गरिबी निवारण, स्वावलम्बन प्रवद्र्धन, स्थानीय सीप एवम्ं छरिएर रहेको पूँजीको उपयोग, लघुउद्यम विकास, आदि कार्यहरु गर्दै आम उपभोक्ताहरुमा वित्तीय साक्षरता प्रवद्र्धन गरी उनीहरुको सामाजिक साँस्कृतिक एवम् आर्थिक उन्नयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । “एकका लागि सबै र सबैका लागि एक” भन्ने दर्शनबाट ओतप्रोत भई सहकारी संस्थाहरु संसार भरी सञ्चालनमा छन् र नेपालमा पनि वि.सं. २०१३ सालमा बखान सहकारी संस्था, चितवनको स्थापना सँगै सहकारी अभियानको
ओखलढुंगा / ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६६ करोड ८१ लाख, ५ हजार ८ सय १७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) को अध्यक्षतामा बसेको १४ औं नगरसभामा आज ¬(सोमबार) उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट प्रस्तुत गरेका हुन ।सिद्धिचरण नगरपालिकाले आफ्नै स्रोत, संघ र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम समेत गरी करिब ६७ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो । विनियोजित बजेट मध्ये नगरपालिकाको आन्तरिक आय १ करोड ७५ लाख, मालपोत कार्यालयको घरजग्गा रजिष्ट्रेसन दस्तुर बाँडफाँडबाट ६५ लाख, राजस्व बाँडफाँड संघिय सरकारबा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.