समाज

    Showing ८,९२१-८,९३० of ११,२९७ items.
  • ‘फेस अफ नेपाल’ का लागि खुल्यो आवेदन फारम, इटहरीमा असार ११ गते अडिसन

    इटहरी / सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ।प्रतियोगिताको आयोजक परिवर्तन भएसँगै यसको स्वरूपमा समेत परिवर्तन गरिएको हो । यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको हो ।यसअघि काठमाडौँ केन्द्रित हुँदै आएको यो प्रतियोगिता यस वर्षबाट भने देशव्यापी बनाउने तयारी गरिएको छ । इटहरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका विषयमा जानकारी दिइयो ।आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन् ।

    • प्रकाशित मितिः असार ९, २०८१
    • ३६९ पटक पढिएको
  • कोशी गाउँपालिकाको सुरक्षित र समृद्ध कोशीको आधार , कृषि पर्यटन र दिगो पुर्वाधार केन्द्रित नीति तथा कार्यक्रम

    सुनसरी / कोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि  “ सुरक्षित र समृद्ध कोशीको आधार , कृषि पर्यटन र दिगो पुर्वाधार“प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार बसेको १६ औं गाउँसभामा गाउँपालिका अध्यक्ष ऐेयुब अंसारीले “सुरक्षित र समृद्ध कोशीको आधार , कृषि पर्यटन र दिगो पुर्वाधार ” भन्ने मूल नारा सहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाले आर्थिक वर्षका लागि जम्मा अनुमानित ५३ करोड ७४ लाख ५७ हजार  बजेट पेस गरेको छ । गत वर्ष चालु आ.व. २०८०÷०८१ को लागि गाउँ सभामा ५५ कारेड ९१ लाख ४० हजारको बजेट प्रस्तुत गरिएको थियो । २०८१ जेठ मसान्त स

    • प्रकाशित मितिः असार ९, २०८१
    • २०२ पटक पढिएको
  • गर्मी बढेसँगै सर्पहरू सक्रिय हुन्छन् , ध्यान दिनुहोला

    गर्मी बढेसँगै सर्पहरू सक्रिय हुन्छन् । आहारा खोज्न र बसोबास गर्न मानिसको बासस्थान नजिक आउँछन् जसकारण सर्पदंश हुने बढी सम्भावना हुन्छ । त्यसैले मानिस र सर्प बिचको द्वन्द न्यूनीकरण गर्न यस कुराहरूमा ध्यान दिनुहोला: • राति हिँड्दा टर्च लाइटको प्रयोग गरौँ,• घाँस काट्न जाँदा, पहिले घाँसमा सर्प छ वा छैन हेर्ने‌ गरौँ,• अभिभावकले बच्चाहरूलाई साँझसम्म घाँसे मैदानमा खेल्न अनुमति नदिनुहोला,• दाउराको, घाँसको भारी सकेसम्म घर नजिक नराखौँ र प्रयोग गर्नु अघि राम्रोसँग हेर्ने गरौँ,• सर्प सुख्खा र ओभानो ठाउँ बस्ने भएकाले त्यस्ता ठाउँहरुमा काम गर्दा सतर्क रहनुहोला,• ढुङ्गा, दाउरा र काठको काम गर्दा सतर्क रहन

    • प्रकाशित मितिः असार ८, २०८१
    • २२५ पटक पढिएको
  • दुहबी नगरपालिकाको अनियमितता १४ करोड बेरुजु, मोबाइलको लागि मात्र २४ लाख खर्च

    महालेखा परीक्षकको प्रतिवेदनमा दुहबी नगरपालिकाको एकै वर्षमा १४ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । कुल भने ३८ करोड बेरुजु देखिएको छ ।प्रतिवेदनअनुसार कुल एक अर्ब १३ करोड ३३ लाख ३३ हजार २१ रुपैयाँ लेखापरीक्षण गर्दा १४ करोड ३४ लाख १० हजार चार सय आठ रुपैयाँ बेरुजु देखिएको हो । जसमध्ये तीन करोड ८९ लाख ४९ हजार ७६ रुपैयाँ असुल गर्नुपर्र्ने छ । यस्तै पाँच करोड ५२ लाख ८४ हजार नौ सय ७० रुपैयाँ अनियमित देखाएको छ भने चार करोड ८४ लाख ५७ हजार नौ सय नौ रुपैयाँको प्रमाण पेश नगरेको प्रतिवेदनमा भनिएको छ । यस्तै पेश्की बाँकी ३७ लाख ८५ हजार रुपैयाँ रहेको छ । नगरपालिकाको गतवर्षसम्मको २४ करोड ८३ लाख ५४ हजार रुप

    • प्रकाशित मितिः असार ८, २०८१
    • १,०८० पटक पढिएको
  • रामधुनीमा नगर स्थरिय कानुनी शिविर कार्यक्रम

    सुनसरी / सुनसरीको रामधुनीमा नगर स्थरिय कानुनी शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।न्यायमा पहुँच बढाइ कानुनी उपचार खोजौँ भन्ने नारालाई आत्मसात गर्दै सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८  र ९ को स्थानीयलाई समेटेर  एक दिने नगर स्थरिय कानुनी शिविर कार्यक्रम गरिएको छ । प्रगति जागरण मञ्च इनरूवा सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा शिविर गरिएको हो ।शिविरमा स्थानीय स्थरमा रहेका कानुनी रूपमा न्यायमा पहुँच पुर्याउन र कानुनको विषयमा समस्या परेकालाई स्थानीय क्षेत्रमा कानुनी समस्याको बारेमा समाधानको विषयमा परामर्श गराएइको  थियोे । न्यायमा पहुँच नभएका ,सिमान्त कृत समुदाय र गाउ

    • प्रकाशित मितिः असार ७, २०८१
    • २५८ पटक पढिएको
  • इटहरीमा युवा उद्यमी मञ्चद्धारा बिजनेस आइडिया प्रतियोगिता, विश्व आदर्शलाई एक लाखको अवार्ड

    इटहरी / युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरीले आयोजना गरेको अन्तर कलेज बिजनेस आइडिया प्रतियोगिता सम्पन्न भएको छ ।इटहरीको बरण्डा होटेलमा शुक्रबार सम्पन्न प्रतियोगितामा विश्व आदर्श कलेजले अवार्ड हात पारेको हो ।६ कलेजको सहभागिता रहेको प्रतियोगिताका उपविजेता भने घोषणा गरिएको छैन । विजयी विश्व आदर्शले एक लाख नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ ।उद्योगी शिवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न उद्योगी तथा व्यवसायीहरूको उपस्थिति थियो । कार्यक्रममा सम्बोधन गर्दै घिमिरेले यस्ता प्रतियोगिताबाट आएका आइडियले युवाहरूलाई उद्यमी बनाउने बताए ।उद्यमी मञ्च सुनसरीका अध्यक्ष चन्द्र देवकोटाले

    • प्रकाशित मितिः असार ७, २०८१
    • १,८२५ पटक पढिएको
  • नेकपा एमालेले इटहरीको ९ नवौं नगर अधिवेशन सुरू

    इटहरी / नेकपा एमालेले इटहरीको ९ नवौं नगर अधिवेशन सुरू भएको छ । नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेत, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अधिवेशन उद्घाटन गर्नुभएको थियो । मिसन ८४ लाई सफल पार्न अधिवेशन आयोजना गरिएको अधिवेशनले नयाँ कार्य समिति गठन गर्ने भएको छ । बेलैमा एमालेका जनप्रतिनिधिहरूले बुद्धि पुरायएनन् भने मिसन २०८४ जित्न नसकिने कोशीका पुर्व सभामुख तथा इटहरी उपमहानगरपालिकाका पुर्व नगर

    • प्रकाशित मितिः असार ७, २०८१
    • ३१६ पटक पढिएको
  • ट्राफिक सप्ताहमा अटो सिटी बजाज मोटरसाइकल सोरुम इटहरीका अध्यक्ष सन्थलिया सम्मानित

    विराटनगरमा बिहीबारदेखि ट्राफिक सप्ताह २०८१ सुरु भएको छ । असार १२ गते ट्राफिक सप्ताहको समापन हुनेछ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले संयुक्त रुपमा ट्राफिक सप्ताह २०८१ को शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विराटनगरमा ट्राफिक सप्ताहको शुभारम्भ गरेको हो ।कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री लिलाबल्लभ अधिकारी, नेपाल प्रहरीको कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहर

    • प्रकाशित मितिः असार ७, २०८१
    • ६२२ पटक पढिएको
  • लायन्स क्लब अफ सप्तकोशी डायनामिकद्बारा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

    सुनसरी / वराहक्षेत्र नगरपालिकामा क्रियासिल रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र नगरपालिका वडा नं ६ खस्रे टप्पुमा रहेको सप्तकोसी बाल विकास आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण गरेको छ ।सोमवार बिद्यालयमा नै पुगेर लायन्स क्लब अफ सप्तकोशी डायनामिकका पदाधिकारीहरुले बिद्यार्थीहरुलाई ३ सय थान कपि, पेन्सिल तथा अन्य शैक्षिक सामाग्रीहरू वितरण क्लबका अध्यक्ष दुर्गानन्द दास(बिक्रम) ले बताए ।क्लबका अध्यक्ष दुर्गानन्द दास बिक्रमको अध्यक्षता तथा क्लवमा संस्थापक अध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका बर्ष सन् २०२४-२०२५ का

    • प्रकाशित मितिः असार ६, २०८१
    • ३६७ पटक पढिएको
  • गढी गाउँपालिकामा आगलागी पिडितहरुलाई राहत

    सुनसरी/सुनसरीको गढी गाउँपालिकामा आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण गरीएको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल HEARD Nepal  र एल डि एस च्यारीटिसको सँयुक्त सहयोग र गढी गाउँपालिकाको सहजिकरणमा गाउँपालिका का सात जना आगलागी पिडितहरुलाई राहत सामाग्रीहरु वितरण गरीएको हो ।राहत पाउने आगलागी पिडितहरुमा गढी २ का देव नारायण यादव त्यसैगरी गढी २ का तिर्प उराँव, गढी १ का आमप्रकाश चौधरी, गढी ३ का चना थरुनी, गढी ३ का विनय कुमार चौधरी, गढी ४ का रेवनी कुमारी मेहता र गढी ३ का शिवनाथ महतो रहेका छन् ।राहत सामाग्रीहरुमा जस्ता पाता १ बण्डल, चामल २५ केजी, दाल ५ केजी, नुन २ केजी, खान

    • प्रकाशित मितिः असार ६, २०८१
    • ३०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]