सुनसरी/सुनसरीको गढी गाउँपालिकामा आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण गरीएको छ । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल HEARD Nepal  र एल डि एस च्यारीटिसको सँयुक्त सहयोग र गढी गाउँपालिकाको सहजिकरणमा गाउँपालिका का सात जना आगलागी पिडितहरुलाई राहत सामाग्रीहरु वितरण गरीएको हो ।

राहत पाउने आगलागी पिडितहरुमा गढी २ का देव नारायण यादव त्यसैगरी गढी २ का तिर्प उराँव, गढी १ का आमप्रकाश चौधरी, गढी ३ का चना थरुनी, गढी ३ का विनय कुमार चौधरी, गढी ४ का रेवनी कुमारी मेहता र गढी ३ का शिवनाथ महतो रहेका छन् ।

IMG_20240619_144503

राहत सामाग्रीहरुमा जस्ता पाता १ बण्डल, चामल २५ केजी, दाल ५ केजी, नुन २ केजी, खाने तेल २ लिटर, डस्ना १ थान, व्लयाङकेट २ थान, वेडसिट १ थान, स्टेन पंख्खा १ थान, झुल १ थान, खानेपानी ड्रम १ थान , गम्छा १ लगाएतका सामाग्रीहरु आगलागी पिडितहरुलाई वितरण गरीएको छ ।

राहत सामाग्री वितरण कार्यक्रममा गढी २ का वडा अध्यक्ष प्रभाकर माझीले सहयोगी संस्थालाई धन्यवाद दिदै राहत सामाग्री वितरणका लागी गढी गाउँपालिकामा सिफारीस गरेकोमा सुनसरी क्षेत्र नं.३ का मन्त्री भगवती चौधरीलाई धन्यवाद दिंदै अगामी दिनहरुमा पनि विपद्का घट्नाहरुमा जस्तै दैविक प्रकोप र बाढी पहिरोबाट क्षती पुगेकाहरुलाई पनि राहतको व्यवस्थामा सहयोगको गरीदिने आशा राखेको बताउनुभयो ।

448619834_2700455613445773_8607371942858785664_n

त्यसैगरी कार्यक्रममा HEARD Nepal का अध्यक्ष राकेश कुमार यादवले कोशी प्रदेश भरी आफुहरु ३ वटा पालिकामा आगलागी पिडितहरुलाई राहत सामाग्रीहरु वितरण गरीएको बताउनुभयो । 

जस अन्र्तगत गढी गाउँपालिकामा क्षेत्रका मन्त्री भगवती चौधरीले सिफारिस गरेको बताए । आफुहरु आगलागी पिडितहरुलाई राहात सामाग्री हस्तानतरण सँगै भोलिका दिनमा सौचालयको समेत निर्माणमा सहयोग गरीने र अगामी दिनहरुमा गढी गाउँपालिका सँग सहकार्य गरी शिक्षा क्षेत्रमा पनि कार्य गरीने बताउनुभयो ।

448639616_2700455653445769_7067822892689677389_n

त्यसैगरी राहत वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख आशनारायण चौधरीले आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण गर्न सिफारीस गर्ने मन्त्री भगवती चौधरी रं सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै अगामी दिनहरुमा ज्भ्ब्च्म् ल्भउब ि संस्थाले राहत साथै भोलिका दिनहरुमा गढी गाउँपालिकाले आवश्यक समन्वय गरी शिक्षा, स्वाथ्य र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा गढीगाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी शाह, प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर खड्का, लेखापाल बाबुराम पौडेल , कार्यपालिका सदस्य लगाएत विभिन्न वडा का जनप्रतिनिधिहरुको उल्लेखिनिय उपस्थिती रहेको थियो ।

448675690_2700455683445766_8067430689773018044_n