समाज

    Showing ९,००१-९,०१० of ११,२९७ items.
  • इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन

    इटहरी / इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो ।सूचनामा गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीको नामावली सहितको विवरण १५ दिनभित्रमा बुझाउन निर्देशन दिएको शिक्षा शाखाका प्रमुख दोर्ण दाहालले बताए । अनिवार्य रूपमा निर्देशन पालना नगरे कारबाही गरिने प्रमुख दाहालको भनाइ छ ।इटहरी उपमहानगरपालिकाले यसअघि शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक-कर्मचारी

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • ३९९ पटक पढिएको
  • नेकपा एमाले धनकुटाको अध्यक्षमा लिम्बू निर्वाचित

    धनकुटा | नेकपा एमाले धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित भएका छन् ।मतदान प्रक्रियाबाट लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन्। लिम्बु ३ सय १४ भोटल्याएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी निरेन तामाङले २ सय ७ मत पाएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ निर्वाचित भएका छन् । उनले २ सय ९४ मत पाउँदा अर्का प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत पाएका छन् ।अधिवेशनबाट सचिवमा पर्शुराम नेपाल निर्वाचित भएका छन् । नेपालले २ सय ९६ मत पाउँदा अर्का प्रतिस्पर्धी शेरबहादुर लिम्बुले १ सय ९६ मत पाएका छन् । खुला उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मत ल्याइ निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी गोपाल भट्टराईले १ सय ८७ मत प

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • ३०६ पटक पढिएको
  • दुहवी नगर प्रमुख गछ्दारका छोरा चेतन लागु पदार्थ सहित पक्राउ

    दुहवी—दुहवि नगर प्रमुख बेद गछ्दारका छोरा चेतन गछ्दार लागुपदार्थ सहित बि‌राटनगर रानि बाट पक्राउ परेका छन् । लागुपदार्थ सहित जेष्ठ ४ गते प्रहरी चेकजाँच का क्रममा पक्राउ परेका हुन् । पक्राउ परेका गछ्दार संग भएको लागु औषधको मात्रा घटि देखाएर धरौटीमा निकाल्न शक्ति केन्द्रमा दौडधुप भइरहेको श्रोतले बताएको छ । सचिन गछ्दार नाम बताउने चेतनलाइ २ पटक म्याद थप गरेर रानि प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • ४,३२४ पटक पढिएको
  • दुहवीका युवा गछ्दार लागुपदार्थ सहित पक्राउ

    दुहवी—दुहवि बजारका एक युवा लागुपदार्थ हिरोइन सहित बिराटनगर रानि बाट पक्राउ परेका छन् ।  लागु पदार्थ सहित जेष्ठ ४ गते प्रहरी चेकजाँच का क्रममा पक्राउ परेका युवाले आफ्नो नाम सचिन  गछ्दार बताएका छन । भने उनि दुहवी हाइ प्रोफाइल नेताको छोरा रहेको बुझिएको छ । गछ्दार लाइ २ पटक म्याद थप गरेर रानि प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता ग्यानेन्द्र बस्नेतले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १४, २०८१
    • ४,१६८ पटक पढिएको
  • ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक, साम्राज्ञी र गरिमासँग निश्चलको त्रिकोणात्मक प्रेम

    काठमाडौं / फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित फिल्मको ट्रेलरमा फिल्मको कथावस्तु र चरित्र चित्रणबारे केही झलक देखाउँछ ।जेठ २५ गतेदेखि रिलिज हुने ‘लण्डन टु पेरिस’को ट्रेलरमा साम्राज्ञी शाह र गरिमा शर्मा छन् । उनीहरूसँग डेब्यु अभिनेता निश्चल खड्काले निर्वाह गरेको पात्रसँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दर्शाएको छ । गरिमाको पनि यो डेब्यु फिल्म हो ।फिल्मको कथा यात्राको क्रममा हुने प्रेम हो । पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ ।एबी इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • ४४४ पटक पढिएको
  • भोजपुरको कोट–पाँचधारे सडक खण्ड स्तरोन्नती गरेपछि स्थानीयबासि खुसी

    भोजपुर | भोजपुरलाई छोटो दुरीमा खोटाङ सदरमुकाम दिक्तेल जिल्लासँग जोडने कोट–पाँचधारे सडक खण्ड स्तरोन्नती थालिएपछि स्थानीय उत्साहित भएका छन् । वर्षातको समयमा बढी मात्रामा समस्या हुने टेम्केमैयुङ गाउँपालिका ६ कोट क्षेत्रको करिव सात किलोमिटर सडक स्तरोन्नती थालिएपछि स्थानीय खुसी भएका हुन् ।सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राबेल गर्ने लगायतको काम भईरहेको छ । सडक स्तरोन्नती थालिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावतमा सहजता हुने स्थानीयबासी हरिकुमार राईले बताए ।सडक स्तरोन्नती नहुँदा विगतका वर्षहरुमा वर्षातको समयमा धेरै समस्या हुने गरेको स्थानीयबासी तथा व

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • ३५५ पटक पढिएको
  • इटहरीमा निःशुल्क थाइराइड, सुगर र प्रेसर जाँच, ८ सय बढीले लिए सेवा

    इटहरी / इटहरी वडा नम्बर २ स्थित उपकार मेडिसिन एण्ड स्वास्थ्य उपचार क्लिनिकले आयोजना गरेको निःशुल्क थाइराइड , सुगर र प्रेसर जाँचमा ८  सय ७० जना बढीले सेवा लिएका छन् ।विश्व थाइराड दिवसको अवसर पारेर   इटहरी २ बरगाछि स्थित उपकार मेडिसिन एण्ड स्वास्थ्य उपचार क्लिनिकको आयोजना र NOVATECH Superspeciality Diagnostic Service को प्राविधिक सहयोगमा निःशुल्क थाइराइड , सुगर र प्रेसर जाँचमा ८ सय ७० जना बढीले सेवा लिएका छन् ।नागरिकलाई स्वास्थ्यबारे सचेत बनाउँदै सामाजिक उत्तरदायित्व वहन गर्न शिविर आयोजना गरिएको उपकार मेडिसिन सेन्टरका सञ्चालक कूलबहादुर कार्कीले बताए । रोग लाग्नुभन्दा अगावै आफ

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • ५५७ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङमा भरुवा बन्दुक प्रहार गरी हत्या

    भोजपुर / भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका ६५ वर्षीय मणिप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार बेलुका साढे ६ बजे बाख्राले बाली खाएको विषयमा विवाद हुँदा उनले छिमेकी ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गरी हत्या गरेका हुन् । बन्दुक प्रहारले राजकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले राईलाई घटनामा प्रयोग भएको भरुवा भन्दुकसहित नियन्त्रणमा लिएको छ ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी क

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • ३४० पटक पढिएको
  • लिटल पिस हेभन इङलिस ऐकेडेमिले स्कुल कप्तानको अनलाइन भोटिङ सिस्टमको प्रयोग गरि चुनाव

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको लिटल पिस हेभन इङलिस ऐकेडेमिले स्कुल कप्तानको अनलाइन भोटिङ सिस्टमको प्रयोग गरि प्रत्यक विद्यार्थीको चुनाव गराएको छ ।  अहिलेका ८ वर्ष देखि १५ वर्ष सम्मका विद्यार्थीहरु बालिक मतदाता  हुने समयसम्म सरकारले डिजिटल  भोटिङ सिस्टमको अवलम्बन गर्नेछ भन्ने अनुमान राखी विद्यालय स्तरमा भएको ज्ञान दिने हेतुले यो कार्यक्रम विद्यालय परिसर भित्र आयोजना गरिएको लिटल पिस हेभन इङलिस ऐकेडेमिका शिक्षा निर्देशक नबिन सुवेदिले जानकारी दिनु भयो । विद्यार्थीको शैक्षिक गुणस्तरका लागि बिध्यालयले प्रतेक शूक्रबार अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको विध्यालय

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • १,६३८ पटक पढिएको
  • दुहबीमा नेपाली काङ्ग्रेस केन्द्रिय नेता सहित ४० जना बढी एमाले प्रवेश

    सुनसरी / नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा दुहबीका ४० जना बढीले पार्टी प्रवेश गरेका छन् । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा ओली तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका,  ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी लगाएत एमालेका प्रतिनिधिहरूले नेपाली काङ्ग्रेस केन्द्रिय  नेता  सहित ४० जना बढीलाई प्रवेश गराएका थिए ।  नेपाली काङ्ग्रेस , नेकपा माओवादी , जनता समाजवादी पार्टी , नेकपा एकृत  लगाएत पार्टी परित्याग गरी प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अत

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • ३२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]