इटहरी / इटहरी उपमहानगरपालिकाले नागरिक सहायता कक्ष,भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन तथा दुई पाङ्ङ्ग्रे विद्युतिय सवारी साधन सञ्चालनमा ल्याएको छ ।बुधबार नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी नागरिक सहायता कक्ष, भौतिक पूर्वाधार प्रयोगशाला, खाद्य गुणस्तर मापन प्रयोगशाला उद्घाटन इटहरी उपमहानगरपालिका इटहरीका मेयर हेमकर्ण पौडेलले उद्घाटन गरेका छन् । इटहरी उपमहानगपालिकाले पूर्वाधारमा विशेष गरी सडकमा गुणस्तर नभएका गुनासाहरु आएपछि आफ्नै गुणस्तर ल्याव प्रयोगशाला स्थापना गरेर प्रयोगमा ल्याएको छ । उपमहानगरपालिकाले पहिलोपल्ट खाद्य मापन प्रयोगशाला (ल्याब) पनि
भोजपुर / भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाहरुले श्रमदानमार्फत भोजपुरको पुरानो बस पार्क क्षेत्रको सडक मर्मत गरेका छन् ।दैनिक जसो सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा संघ र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरुको अगुवाईका गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट,गिठी बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।सडक विग्रिएको आवात जावतमा समस्या भएपछि युवाहरुको अगुवाईमा पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरिएको भोजपुर नगरपालिका उप–प्रमुख निर्मला शेर्पाले बताउनुभयो। सडकको कारण आवतजावतमा समस्या भएपछि आफुले ब्याक्तिगत रुपमा सडक
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १७ मा प्रथम वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको आयोजना गरिएको छ । मंगलबारबाट पकली माध्यमिक विद्यालयको खेल मैदानमा सगरमाथा युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । कार्यक्रममा इटहरी १७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले ब्याटिङ गर्दै खेलको उद्घाटन गरे । वडा नं. १७ आगामी दिनमा पनि खेल क्षेत्रमा सक्दो सहयोग गर्न आफू प्रतिबद्ध रहेको वडा अध्यक्ष आचार्यले बताए ।युवाहरूलाई खेल क्षेत्रमा स्थापित गराउनका निम्ति प्रथम क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजकका अध्यक्ष मो. इसराफिल हुसेनले बताए । उद्घाटन खेलमा इनरुवा क्रिकेट क्लव इनरुवा र
सुनसरी : केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ ।सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताए ।दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए ।केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य सङ्घ इनरुवाले जिल्ला प्रशासन कार्यालयलाई गए
वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव तयारीको विषयमा नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार बालशन्त मोहन शरण देवाचार्य बिच छलफल भएको छ ।चैत्र-२७ गते चैत्र शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेला स्थलमा भौतिक संरचना, विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा, प्रचारप्रसार, सरसफाइ, खानेपानी लगायत प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि स
विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आइतबार संस्थाको पाँचौँ साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।जीवन विकासको चुक्ता पूजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात् १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस शेयर वितरण गर्नेछ । बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिन
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाएका छन् ।बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किए ।साम्पाङले ताला लगाउँदै भने, ‘बिपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैँ आएर खोल्छु ।’मेयर साम्पाङले बिपी प्रतिष्ठानलाई धराशा
इटहरी । मगर समुदायको माघ्या सकराटी अर्थात् (माघे संक्रान्ति) पर्व इटहरी तालतलैया मा नेपाल मगर संघ इटहरीको आयोजनामा सम्पन्न भएको छ । कोशी प्रदेशसभा सदस्य रेवती रमण भण्डारीको प्रमुख आतिथ्यता तथा इटहरी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भक्त लामा, वडा सदस्य अमृत बस्नेत लगायत स्थानीय बुद्धिजीवी सुरक्षाकर्मी लगायत मगर समुदायको बाक्लाे उपस्थितीमा सम्पन्न भएको छ । प्रमुख अतिथि भण्डारीले यस माघेसंक्रान्तिको शुभकामना दिदैं सबै जातजातिको धर्म संस्कृति परम्परालाई जगेर्ना गर्नु हामी सबैको दायित्व भएको बताउनुभयाेमगर समुदायले नाघ्या सकराटी अर्थात् ( माघे संक्रान्ति) वि
काठमाडौं / हालसालै मात्र तेजावी सुन फिल्म सुटिङ्ग अन्तिम चरण मा पुर्याएका नक्कली प्रचण्डले चर्चित कलाकार प्रदिप पाठक ले तिलहरी सिरियल ल्याउने भएका छन । १२ मासे जस्ता हिट फिल्म लेखेका बनाएका कलाकार पाठकले तिलहरीमा पनि दर्जनौ चर्चित कलाकारहरु र भाइरल लाई समेत इन्ट्री गराएका छन । कलाकार पाठक को सिरियल तिलहरी यहि माघ १ गते साझ ६ बजे सिरियल को ट्रेलर सार्वजनिक गर्ने भएका छन् ।तिलहरी सिरियल मा मुख्य कलाकारहरु - रश्मि भट्ट, लक्ष्मण बस्नेत, बद्री पुडासैनी, धर्म राज भट्टराई स्यालवुढा, लक्ष्मी श्रेष्ठ अप्सरा, भाइरल अघोरी बाबा लगायत दर्जनौ चर्चित कलाकारहरुले अभिनय गर्दै छन भने सिरियल को लेखन निर्देशन प्र
इटहरी / सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर इटहरी वडा नं १ का महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम सम्पन्न भएको छ ।इटहरी उपमहानगरपालिका वडा नं १ को सहकार्यमा भएको कार्यक्रममा वडा नं १ का २५ जना सहभागी तालिममा साबुन, फिनेल र हर्पिक बनाउने तालिम भएको हो । तालिम समापनका क्रममा इटहरी वडा नं १ का वडाध्यक्ष कैलाश कार्कीले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताए । उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई वडाले सक्दो सहयोग गर्ने वडाध्यक्ष कार्कीले बताए । अहिले वैदेशिक रोजग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.