समाज

    Showing ९,७०१-९,७१० of ११,३०१ items.
  • खोटाङ र तेह्रथुमका छुट्टाछुट्टै स्थानमा रुखले किचेर दुई जनाको मृत्यु

    सुनसरी / खोटाङ र तेह्रथुम जिल्लाको छुट्टाछुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ ।शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका ४ का ५४ बर्षीय धनबहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर डोरीले तान्ने क्रममा रुखले किच्दा मृत्यु भएको हो ।रुखले किचेर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।त्यसैगरी खोटाङको जन्तेढुङ्गा गाउँपालिका ३ का ६३ वर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थालमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • १२१ पटक पढिएको
  • बेलबारीमा हात्तिको उपद्रो,नगरप्रमुख र उपप्रमुखद्धारा अनुगमन

    बेलबारी / मोरङको बेलबारी नगरपालिका -१ मा किसानहरुले लगाएको धानबाली लगायत अन्य बालीनाली हात्तीको बथानले नष्ट गर्दा ठुलो क्षति भएको छ । पाक्न लागेको धान,केराखेती,सिमल तरुल लगायतका बालीनाली हात्तीको बथानले नष्ट गरेको छ । हात्तीले पुर्याएको क्षतिका बारेमा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला) लगायत जनप्रतिनिधिहरुले अनुगमन समेत गरेका छन । केहि दिनयता पुर्वोत्तर मोरङका बिभिन्न क्षेत्रमा हात्तिको हुल नै गाँउ पसेपछि स्थानिय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन ।दर्जनौ संख्यामा रहेको  हात्तिको हुल बेलबारी,लेटाङ,केराबारीको जंगल नजिकको वस्तीमा पसेको हो

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • ११६ पटक पढिएको
  • इटहरी १६ का वडा अध्यक्ष तेजनारायण चौधरीलाई पितृ शोक

    इटहरी उपमहानगरपालिका १६ का वडा अध्यक्ष तेजनारायण चौधरीलाई पितृ शोक परेको छ । चौधरीको बुवा दिपनारायण चौधरीकोको ७५ वर्षको उमेरमा ९ गते सांझ ७:४० बजे निधन भएको हो । उहाँ विगत लामो समयदेखी बिमारी भएर उपचार गराइरहनु भएको थियो ।उहाँको १० गते बिहान ८ बजे सप्तकोसी चतरामा धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • ५६६ पटक पढिएको
  • दुहबी नगरपालिकाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू

    दुहबी / दुहबी नगरपालिकाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू भएको छ । लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता अन्तर्राष्ट्रिय नारा सहित दुहबी नगरपालिकादको कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू गरिएको छ । दुहवी नगरपालिकाकाको प्राङगणमा प्रभातभेरि कार्यक्रम सुरू गरि दुहबी बजार परिक्रमा गरेर नगरपालिकामा कोण सभा गरिएको थियोे । प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , दुहबीका १२ वटै वडाका वडा अध्यक्ष, सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थ

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • २३२ पटक पढिएको
  • रोटरी, रोटर्याक्ट क्लब इटहरी द्वारा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले दिए रगत

    इटहरी / रोटरी  क्लब अफ इटहरी र रोटर्याक्ट क्लब अफ क्लब अफ इटहरी, रोटर्याक्ट क्लब अफ क्लब अफ सुनसरी, रोटर्याक्ट क्लब अफ क्लब अफ सुन्दहरैंचाको संयुक्त आयोजनामा इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।इटहरीमा आज बिहान रोटरी क्लब अफ इटहरी , रोटर्याक्ट क्लब अफ इटहरी , रोटर्याक्ट क्लब अफ सुन्दहरैंचाको , रोटर्याक्ट क्लब अफ सुनसरीको संयुक्त आयोजनामा रोट्रयाक्ट स्व. सचिनको १० औं स्मृति दिवशमा  गरिएको रक्तदान शिविरमा ५५ जना बढीले रक्तदान गरेका छन् ।  रोट्रयाक्ट क्लबले आज देशैभर ३५ ठाउँमा सचिन मेमोरियलको सम्झनामा रगत संकलन गरेको छ ।रक्तदान जीवनदान भन्ने कुरालाई ध्यानमा राखी क्लबले रक्तदा

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • १३७ पटक पढिएको
  • पिकनिक खाएर फर्केको स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ३९ जना घाइते

    सुनसरी / उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी पिकनिक खाएर फर्किने क्रममा थिए । प्र १०५००१ ख ००४४ नम्वरको बस उक्त बस शनिबार मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका ७ जोगीटोल अँधेरी खण्डमा दुर्घटना हुँदा चालक भिखन चौधरीको मृत्यु भएको हो ।घाइतेहरुलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। दुर्घटनाको कारण र अन्यको अवस्था खुल्न बाँकी छ । 

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • ९८ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू

    इटहरी / लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीकाे इटहरीमा शनीबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ । हिंसा बिरूद्धका बिभिन्न प्लेकार्ड सहित निस्किएकाे र्यालीले इटहरीकाे बिभिन्न क्षेत्र परिक्रमा गरी मुख्य चाैकमा काेणसभा गरि अभियानकाे सुरूवात भएकाे उदघाेष गरिएकाे थियाे । इटहरी उपमहानगरपालिकाकाे आयाेजनामा भएकाे प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी  , होटल व्यवसायी सङ्घ संस्थाका प्रतिनिधि, सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी , सामाजिक ब्यक्ति , शिक्षक , प्रहरी र कर्मचारीहरूकाे बाक्लाे उपस्थिती देखिएकाे थियाे । प्रभातफेरीमा उपमहानगरका प्रम

    • प्रकाशित मितिः मंसिर ९, २०८०
    • १३० पटक पढिएको
  • संखुवासभाको धर्मदेवीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

    संखुवासभा / संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।संखुवासभाको धर्मदेवी नगरपालिका ८ पिलुवा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।संखुवासभाबाट धनकुटातर्फ आउँदै गरेको को २३ प ३५४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार धनकुटाको महालक्ष्मी नगरपालिका ६ बाँसपानीका अन्दाजी ४५ वर्षीय सीताराम तामाङको मृत्यु भएको हो ।दुर्घटनामा महालक्ष्मी ५ ज्यामिरेका मोटरसाइकल चालक विकास राई घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • १०० पटक पढिएको
  • ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

    पाँचथर / धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो । कार्यविधिअनुसार ५० मुरीदेखि एक सय मुरीसम्म धान उत्पादन गर्ने कृषकले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकले ५० हजार पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै मापदण्डबमोजिम पुरस्कार प्राप

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • १२८ पटक पढिएको
  • ट्याक्टरले च्यापेर रामधुनीका एक युवकको मृत्यु

    इटहरी / ट्याक्टरले च्यापेर सुनसरीको रामधुनी नगरपालिकाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी १ बस्ने २६ वर्षीय विवेक चौधरी रहेका छन् ।बिहीबार धरान उपमहानगरपालिका ५ देउराली स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ६३२५ नम्बरको ईट्टा लोड भएको ट्याक्टरको अगाडिको भाग अचानक पल्टिदाँ ट्याक्टरले च्यापेको थियो ।ट्याक्टरले च्यापेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।मृतक चौधरी ट्याक्टर चालक हुन् । खाल्डा ,खुल्डी सडक भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • १२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]