इटहरी / लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत सुनसरीकाे इटहरीमा शनीबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ । हिंसा बिरूद्धका बिभिन्न प्लेकार्ड सहित निस्किएकाे र्यालीले इटहरीकाे बिभिन्न क्षेत्र परिक्रमा गरी मुख्य चाैकमा काेणसभा गरि अभियानकाे सुरूवात भएकाे उदघाेष गरिएकाे थियाे । 

इटहरी उपमहानगरपालिकाकाे आयाेजनामा भएकाे प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी  , होटल व्यवसायी सङ्घ संस्थाका प्रतिनिधि, सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी , सामाजिक ब्यक्ति , शिक्षक , प्रहरी र कर्मचारीहरूकाे बाक्लाे उपस्थिती देखिएकाे थियाे । 

प्रभातफेरीमा उपमहानगरका प्रमुख हेमकर्ण पाैडेल , उपप्रमुख संगिता चाैधरी , इटहरी २० वटै वडाका वडाध्यक्ष , कर्मचारी लगायत अन्यकाे पनि उपस्थिती रहेकाे थियाे । लैङ्गिक हिंसा र दुर्ब्यवहार छैन हामीलाइ स्विकार , नारि सशक्तीकरण समानता र सहभागिता , लाेकतान्त्रीक नेपालकाे मुख्य आवश्यक्ता जस्ता नाराहरू लेखिएका प्लेकार्ड सहित निस्किएकाे र्यालीले उपमहानगरकाे प्राङगण हुदै इटहरी चाैक , हटिया लाइन , बिपि चाैक र मुख्य चाैकमा आएकाे काेण सभामा परिणत भएकाे थियाे । 

काेणसभालाइ सम्बाेधन गर्दै मेयर हेमकर्ण पाैडेलले लैङ्गिक हिंसाबिरूद्धकाे कार्यक्रा १६ दिन मात्र नभै वर्ष भरीनै रहिरहने बताए । त्यस्तै उप प्रमुख संगिता चाैधरीले पनि जुनसुकै हिंसा बिरूद्धकाे अभियान उपमहानगरमा वर्षभरी सञ्चालन भइरहने बताइन् ।

यो वर्षको अभियानको नारा ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । सन् १९९१ देखि सुरु भएको लैंगिक हिंसाविरुद्ध विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् यो वर्ष मंसिर ९ देखि २५ सम्म मनाइँदै छ ।

नेपालमा यो अभियान २०५४ सालदेखि देशव्यापी रूपमा सञ्चालन हुँदै आएको हो । सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो ।

उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिँदै उनीहरूको सम्मान र सम्झनामा १६ दिने अभियान मनाउन थालिएको हो ।

IMG_20231125_141254