समाज

    Showing ९,७९१-९,८०० of ११,३०१ items.
  • संखुवासभाको अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध

    सुनसरी / सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका ४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका - २, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन् । छयाङ्कुटी(दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटक-पटक माग गरिए पनि मुआब्जा नपाएपछि पीडित अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् । पीडितहरुले दसैँमा पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले आयोजनाको निर्माण सामग्रीमा ढुवानी अवरोध गरी आ

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • १३० पटक पढिएको
  • स्कुटर दुर्घटनामा घाइते महिलाको उपचारका क्रममा मृत्यु

    झापा / स्कुटर दुर्घटनामा गत साता घाइते भएकी अर्जुनधाराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।कात्तिक ३ गते अर्जुनधाराको मदनपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६प १०१९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।दुर्घटनामा स्कुटर चालक अर्जुनधारा ३ की ३५ वर्षीया माया अर्याल र पछाडि सवार सोही ठाउँकी ५२ वर्षीया विष्णुमाया खतिवडा घाइते भएका थिए । घाइतेहरुलाई बिर्तासिटी हस्पिटल लगिएको थियो ।घाइतेमध्ये खतिवडाको उपचारका क्रममा हिजो दिउँसो १ बजे मृत्यु भएको हो । अर्का सामान्य घाइते अर्याल उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्त

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • १२४ पटक पढिएको
  • नाबालक छाेरा र आमा झुन्डिएको अवस्थामा मृत फेला

    मोरङ / मोरङको रतुवामाई नगरपालिकामा नाबालक छाेरा र आमा आफ्नै घरभित्र झुण्डिएकाे अस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो करिब ४ बजे नगरपालिका-६ स्थित किसन हस्दाको श्रीमती र ३ वर्षीय छोरा घरमै झुण्डिएकाेअवस्थामा मृत भेटिएका हुन् । जस्तापाताको छाना भएको सामान्य घरको भुइँतल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । घरबाहिर रहेका किसनले अपरान्ह घरमा पस्दा दुवैजना झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । छाेरालाई झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेकाे हुन

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ९२ पटक पढिएको
  • भोजपुरको लुक्वामा घर आगलागी हुँदा प्रन्ध लाखको क्षति

    सुनसरी / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर- ५ लुक्वामा घर आगलागी हुँदा प्रन्ध लाखको क्षति भएको छ ।लुक्वाका निवासी चिरञ्जीवी खड्काको घर आगलागी हुँदा प्रन्ध लाख भन्दाबढिको क्षति भएको छ । घरमा भएको लत्ताकपडा,नगद,जिन्सी सामन , सुन,चादी,मकै,धान लागाएत सम्पूर्ण सामन जलेर नस्ट भएको छ । यस बिपदमा यस वडा कार्यालय दुखित भएको छ । तत्कालका लागि आवश्यक सामग्री गाउँपालिकाकार्यालय बाट उपलब्ध भएको छ । थप राहतका लागि गाउँपालिका कार्यालय ,वडा कार्यालय र सहयोग अभियानमा हातेमालो गरेर सहयोग गरिने भएको पाँच नम्बर वडा कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ९३ पटक पढिएको
  • सोलुखुम्बुमा हत्या आरोपमा दुई जना पक्राउ

    सुनसरी / सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ स्थितका ५० बर्षीय सितल बहादुर राईको हत्यामा संलग्न २ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानिय ५५ बर्षीय  धरन बहादुर राई र ३५ बर्षीय समित कुलुङ रहेका छन् ।शुक्रबार राती सवा १० बजे मादक पदार्थ सेवन गरेर बादबिबाद संगै भएको झै-झगडामा घाईते भएका सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा अन्य कानूनी प्रकृया भईरहेको छ भने नियन्त्रणमा लिएको दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ८८ पटक पढिएको
  • बराहक्षेत्रमा ग्यास बिष्फोट हुँदा लाखौं क्षति,परिवारको बिजोक

    सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थित ढिकझोडामा शुक्रबार बेलुका ४ बजे कोसी ग्याँस बिस्फोट हुँदा लाखौंको क्षति भएको छ ।स्थानीय साबित्रा पौडेलले चिया पकाउने क्रममा ग्याँस चुलो बाल्दा अचानक सिलिन्डर ग्याँस बाट आगो निस्किए पछि  घर सहित धनमाल जलेर नष्ट भएको थियो भने आमाले छोरीलाई  बचाउने क्रममा  छोरी र आमा दुबै घाइते भएका छन् ।उनीहरुको  हात खुट्टा र अनुहारमा चोट लागेको छ । घर भित्र भएको लत्ताकपडा खाद्यान्न गरगहना नगद पैसा लगायत घर सहित सम्पूर्ण सामाग्री नस्ट भएको स्थानीयहरुले बताएका छन् । घटनाको पुर्ण विवरण आउन बाकि रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • १४७ पटक पढिएको
  • गौरीगञ्जमा दुईटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

    झापा / झापाको गौरीगञ्ज गाउँपालिका -५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।शुक्रबार साँझ ७ बजेतिर दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय कैलाशप्रसाद ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को  २८ प ३०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सो क्रममा ६३६४ नम्बरको मोटरसाइकल चालक ताजपुरियाको मृत्यु भएको थियोे ।उनलाई दमकको निम्स हस्पिटलमा उपचारको लागि ल्याइएको थियो ,अस्पताल ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेको कोशी प्

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • १७७ पटक पढिएको
  • रक्सी खाएर झगडा गर्दा साेलुखुम्बुमा १ जनाकाे ज्यान गयाे

    सोलुखुम्बु / सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ पेल्माङस्थित ५० वर्षीय सितलबहादुर राईको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् ।शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरेर विवाद हुँदा भएको झगडामा घाइते भएका सितलबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा अन्य कानूनी प्रकृया भइरहेको छ ।पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • १६२ पटक पढिएको
  • पाख्रीवासमा एघार रोपनी जग्गा क्षेत्रफलमा बन्दै गरेको बसपार्क

    धनकुटाको पाख्रीवास नगरपालिकाको वडा नम्बर- ४ मा सरकारी ७ रोपनी र व्यक्तिले प्रदान गरेको ४ रोपनी गरी जम्मा ११ रोपनी जग्गा क्षेत्रफलमा बन्दै गरेको बसपार्क ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • १८२ पटक पढिएको
  • अबैध तरिकाले इटहरी ल्याउदै गरेको साढे ७ लाख बराबरको कुर्ता सलवार बरामद

    सुनसरी / अवैध रुपमा सुनसरी लैजाँदै गरेको करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको कुर्ता सलवार सशस्त्र प्रहरी बलको मोरङ टोलीले बरामद गरेको छ ।बिहीबार बेलुका विशेष सूचनाका आधारमा विराटनगरको कञ्चनवारी चौकबाट प्र १–०४–००१ च ०११० नम्बरको बलेरो पिकअपसहित ८३४ थान कुर्ता सलवार बरामद गरिएकाे सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए ।थापाले १६ पोका बनाएर कुर्ता सलवार सुनसरीको इटहरी लैजाँदै गर्दा कञ्चनबारीबाट बरामद भएको जानकारी दिए । उनले करिब १५ लाख रुपैयाँ बराबरको गाडीसहित ७ लाख ५० हजार ६ सय रुपैयाँको कपडा गरेर कुल २२ लाख ५० हजार ६ सय रुपैयाको समान बरामद भएको बताए । यसक्रममा सशस्त्

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • १७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]