सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थित ढिकझोडामा शुक्रबार बेलुका ४ बजे कोसी ग्याँस बिस्फोट हुँदा लाखौंको क्षति भएको छ ।
स्थानीय साबित्रा पौडेलले चिया पकाउने क्रममा ग्याँस चुलो बाल्दा अचानक सिलिन्डर ग्याँस बाट आगो निस्किए पछि घर सहित धनमाल जलेर नष्ट भएको थियो भने आमाले छोरीलाई बचाउने क्रममा छोरी र आमा दुबै घाइते भएका छन् ।
उनीहरुको हात खुट्टा र अनुहारमा चोट लागेको छ । घर भित्र भएको लत्ताकपडा खाद्यान्न गरगहना नगद पैसा लगायत घर सहित सम्पूर्ण सामाग्री नस्ट भएको स्थानीयहरुले बताएका छन् । घटनाको पुर्ण विवरण आउन बाकि रहेको छ ।


