मोरङ / मोरङको रतुवामाई नगरपालिकामा नाबालक छाेरा र आमा आफ्नै घरभित्र झुण्डिएकाे अस्थामा मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो करिब ४ बजे नगरपालिका-६ स्थित किसन हस्दाको श्रीमती र ३ वर्षीय छोरा घरमै झुण्डिएकाेअवस्थामा मृत भेटिएका हुन् । जस्तापाताको छाना भएको सामान्य घरको भुइँतल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र छोरा डेबिट झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । 

घरबाहिर रहेका किसनले अपरान्ह घरमा पस्दा दुवैजना झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । छाेरालाई झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । घटना हुँदा घरकाे ढाेकाकाे चुक्कुल भित्रबाट लगाईएकाे थियाे ।