समाज

    Showing ९,८११-९,८२० of ११,३०१ items.
  • टीका लगाउन जानेको इटहरीमा चहलपहल देखियो

    सुनसरी / विजयदशमीको दोस्रो दिन टीका लगाउन जानेको इटहरीमा चहलपहल देखिएको छ । गत सालको भन्दा मानिसहरूको सङ्ख्या कम देखिएको छ ।  सवारीसाधनमा भने मानिसको भिडभाड कमै मात्रमा रहेको थियोे । दुर्गापक्षको दोस्रो दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो । घरमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी मामाघर, ससुरालीलगायत आफन्तकहाँ जानेका कारण चहलपहल बढेको हो । आज दिउँसोपछि

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • १२४ पटक पढिएको
  • प्रहरी जवानले गोली हानेर गरे आत्महत्या

    सुनसरी / सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् ।मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोशी गाउँपालिका- ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको हो।घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • १६६ पटक पढिएको
  • बिजय दशमीको टीकाको दिन पाख्रीबास बजार सुनसान

    बिजय दशमीको टीकाको दिन धनकुटाको पाख्रीबास बजार सुनसान भएको छ । 

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • ११७ पटक पढिएको
  • पत्रकार लम्जेल सङ्घर्षशीलको निधन

    सुनसरी / धरानबाट प्रकाशित हुँदै आएको साप्ताहिक ‘प्रबोध’ पत्रिकाका गमबहादुर लम्जेलको असामयिक निधन भएको छ । मुटूरोगी ३९ वर्षीय लम्जेलको सोमवार साँढे ९ बजे राती बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।लम्जेल लामो समय देखि पत्रकारिता, शिक्षण, सामाजिक राजनैतिक क्षेत्रमा उनी सक्रिय थिए । उनले २०५४ देखि झापाको ‘स्वाधीन संवाद’ साप्ताहिक, इलामको प्रतिनिधि भई पत्रकारितामा प्रवेश गरेका थिए । २०७२ यता नेपाल कम्युनिष्ट पार्टी निर्माणको बहस खोज अनुसन्धान तथा साहित्य र पत्रकारितामा संलग्न रहँदै आएका थिए । कविशिरोमणि साहित्य साधना समाजको श्रमिक स्रष्टा पुरस्कार-२०७४, दिव्य रोशनी साप्ताह

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • १०२ पटक पढिएको
  • आज दशैँको टिकाको शुभसाइत ११ बजेर २ मिनेटमा

    सुनसरी / यस वर्षको बडादसैंको टीकामा साइत आज बिहान ११ बजेर २ मिनेट उत्तम रहेको छ ।नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर २ मिनेटको समय उत्तम रहेको जनाएको हो ।नवरात्रको मुख्य दिन अर्थात दशमीको दिन मंगलबार दिनभर टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जन गर्ने शुभसाइत रहेको पनि समितिले जनाएको छ । दसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशिर्वाद लिने चलन छ ।देवी विसर्जन गरिसकेपछि मंगलबार बिहान ११ बजेर २ मिनेट टीकाका लागि उत्तमसाइत रहेक

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • १२८ पटक पढिएको
  • दसैँमा गाउँ जाने मानिसको संख्या बढ्दै गएपछि इटहरी सुनसान

    सन्जिप तिम्सिना सुनसरी / दसैँमा गाउँ जाने मानिसको संख्या बढ्दै गएपछि इटहरी सुनसान देखिएका छन्।दसैँको अष्टमीमा केही चहलपहल देखिए पनि नवमका दिन इटहरीमा मानिसको चहलपहल न्यून देखिएको छ । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् । किनमेलका पसलहरु अधिकांश बन्द छन् । इटहरीमा मानिसहरुको खचाखच हुने न्युरोड हङकङ मार्केट , संगित चोक, पुर्व लाइन ,पश्चिम लाइन, विराटनगर लाइन लगायतका ठाउँहरुमा पसलहरु बन्द छन् । चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ ।दसैँमा हुनसक्ने सम्भावित दुर्घट

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • १२४ पटक पढिएको
  • भोजपुरमा पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा पर्दै

    भोजपुर / भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्न थालेको छ ।गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट ससाना आकारका गोलियालाई कुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन्। यसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ।खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पङ्खामा खसाई  काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक) को सहायताले काठलाई कोपेर विभिन्न आकारको सामग्री बनाउने गरिन्छ। यसको अलवा हातले यन्त्र गुमाएर पनि काठका सामग्री बनाउने चलन रहेको छ। चुँदाराहरूले कलात्मकरूपमा काठबाट ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगा

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • १११ पटक पढिएको
  • इटहरीमा चाडपर्व लक्षित गरेर थप २० जना प्रहरी परिचालन

    इटहरी / चाडपर्वमा हुने आपराधिक घटना र विकृतिहरू नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ ।आइतबार पत्रकार सम्मेलन गरी  चाडपर्वमा हुने आपराधिक घटना तथा विभिन्न विकृतिहरू नियन्त्रणको लागि आइतबारबाट विशेष सुरक्षा योजना लागु गरी सुरक्षाकर्मीहरू परिचालन गरेको हो ।सुनसरीमा तीव्र रूपमा बढेको लागू औषध सेवन र चोरीका घटनालाई समेत नियन्त्रण गर्नका लागि सुनसरीको दुहबीमा रहेको सुरक्षा गणबाट थप २० जना प्रहरी समेत मगाएर परिचालन गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।विशेष सुरक्षा योजना अन्तर्गत, मोबाइल गस्ती,

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • १०२ पटक पढिएको
  • बराहक्षेत्रमा बाल यौन दुरुपयोग आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

    बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक सुनील पोख्रेललाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।कोठामा सामान लिएर गएकी ९ वर्षीया बालिकालाई ३१ वर्षीय निरीक्षक पोख्रेलले जबरजस्ती काखमा बसाएर बालिकाको संवेदनशील अङ्गहरूमा छोएको, उनको मुख तथा गालामा चुम्बन गरेको र अश्लील भिडियो देखाएको पीडित परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।भागेर घर पुगेकी बालिकाले स्वास्थ्यकर्मी पोखरेलले आफूलाई चुम्बन गरेको र यौनाङ्गमा छोएको आ

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • ३०५ पटक पढिएको
  • दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै

    सुनसरी / बडादसैँको आज नवौं तथा अन्तिम दिन, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ ।महानवमीका अवसरमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूलालगायतको बलि दिएर नरिवल चढाउँछन् । पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ ।

    • प्रकाशित मितिः कार्तिक ६, २०८०
    • १०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]