समाज

    Showing ९,९६१-९,९७० of ११,३०१ items.
  • युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै

    सुनसरी / नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औं जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।विसं १९२३ भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ११४ पटक पढिएको
  • सुवास नेम्वाङको आज दाहसंस्कार गरिने

    काठमाडौं / संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाहसंस्कार गरिने भएको छ । पार्टी मुख्यालयबाट हिजो पार्थिव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाए पछि आजै अपरान्ह १२ बजे अन्तिम संस्कार गरिन लागिएको हो ।गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबारदेखि राखिएको थियो । र, हिजो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।नेम्वाङको अन्त्येष्टि बिहीबार पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ भ

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ९३ पटक पढिएको
  • विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौं महानगरपालिकाका ३३ बर्षका मेयर बालेन शाह

    काठमाडौं / प्रतिष्ठित टाइम म्यागजिनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई यसवर्षका सय उदयीमान व्यक्तिको सूचीमा छनोट गरेको छ । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।सहरका गैरकानूनी संरचना भत्काएर आफ्ना प्रतिबद्धताको कार्यान्वयनमा बालेन अघि बढेको भन्दै म्यागजिनले प्रशंसा समेत गरेको छ । ‘शक्तिमा पुगेदेखि शाहले ल्यान्

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ९७ पटक पढिएको
  • आज कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन

    काठमाडौं / भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजक

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • १०८ पटक पढिएको
  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    बुधबार स‌ंसद्‌मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ शिक्षकलाई राजनीतक दलको सदस्यता लिन नपाइने व्यवस्था गरेको छ। राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन तथा कसैका निम्ति भोट वा चन्दा माग्न निषेध गरिएको हो।यदि यस्तो काम गरेमा त्यस्ता शिक्षकलाई सेवाबाट हटाइने प्रावधान विधेयकमा राखिएको छ। तर प्रचार नगरी मताधिकारको उपयोग गर्न भने पाइनेछ।यसैगरी तीनै तहका सरकारबीचको पारस्परिक सम्बन्ध विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्नेगरी लेख प्रकाशन गर्न, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालमा टिप्पणी गर्

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २३० पटक पढिएको
  • बेलबारीको दिपज्योति नारी बिकास बचत तथा ऋण सहकारीले मनायो तिज

    सुनसरी / मोरङको बेलबारी नगरपालिका - १ मा रहेको दिपज्योति नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार हरितालिका तिजका अबसरमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित तिज बिशेष कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । संस्था अध्यक्ष पार्वती बरालको अध्यक्षता र ब्यबस्थापक गोमा खुलालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले हरेक बर्ष तिजका अबसरमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिलाहरु मात्र शेयर सदस्य रहेको संस्था बेलबारीमा सबैभन्दा बढी सदस्य रहेको उत्कृष्ट सहकारी संस्थामध्ये

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १०९ पटक पढिएको
  • भोजपुरमा कालाजारका बिरामी फेला

    सुनसरी / भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । पौवादुङमा गाउँपालिका- ५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको बताइएको छ ।कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको जनाएको छ । मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष बोमप्रसाद राई

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • २१५ पटक पढिएको
  • शिक्षकले बहुविवाह गरे विशेष सजाय हुने

    काठमाडौं / नेपालमा बहुविवाह दण्डनीय रहेको छ । मुलुकी अपराध संहिताले बहुविवाह दण्डनीय हुने व्यवस्था गरेको छ ।विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै पनि महिलाले विवाह गर्न नहुने व्यवस्था रहेको छ ।बहुविवाह गर्ने गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद, दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।आज (बु्धबार) संघीय संसद्मा शिक्षा ऐन संशोधन विधेयक दर्ता भएको छ । उक्त विधेयक शिक्षकले बहुविवाह गरेको खण्डमा विशेष सजाय हुने व्यवस्था गरेको छ ।‘शिक्षकले बहुविवाह गर्न हुँदैन ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ९१ पटक पढिएको
  • मोरङको पथरीमा गोरुको मासु खाएको भिडियो सार्बजानिक

    मोरङ / पथरीशनिश्चरेमा गोरुको मासु खाएको भिडियो सार्वजानिक भएको छ । आफनो समुदायको संस्कार, संस्कृती र परम्परासंग जोडिएर आएको भन्दै बोलेको भिडियो सार्वजानिक भएको हो ।युवा समुह मध्येको एक युवाले बिभिन्न सार्वजानिक कार्यक्रममा समुदायको पहिचान झल्कने झाँकी बोलाउने तर च्याब्रुङमा गोरुको छालाले बनेको हुन्छ भन्ने कुरा पनि थाहा भएको बताउछन् ।संबिधानमा लेखिएको कुरा सबै मान्न नसकिने भन्दै उनिहरुले धर्म निरपेक्ष राष्ट्रमा मासु खान पाउनु पर्ने तर्क गरेका छन । बाँसघारीमा बसेर उनिहरुले आफनो पिता पुर्खाहरुले खाइल्याएको मासु खान पाउनु पर्ने तर्क गरेको   छ ।

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १०४ पटक पढिएको
  • इटहरीमा मकवानपुरका डीएसपी सरूवा

    इटहरी / इलाका प्रहरी कार्यलय इटहरीमा मकवानपुरका डिएसपी सरूवा भएर आएका छन् ।                                                    मकवानपुर जिल्लाबाट सुरुवा भइ इलाका प्रहरी कार्यलय इटहरीमा प्रहरी नायब उपरीक्षक(डिएसपि ) टेक बहादुर कार्की  आएका छन् ।इलाका प्रहरी कार्यलय इटहरीको भवनमा एक कार्यक्रम आयोजना गरी आशान्ति सुरक्षा,लागुऔषध जस्ता गम्भीर प्रकृतीका घटनाका विषयमा इटहरीमा अहोरात्र खटने बताएका छ्न । लागुऔसध प्रयोगकर्ता पछिल्लो समय निकै बढदै गएको र यसले समाजमा

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]