काठमाडौं / प्रतिष्ठित टाइम म्यागजिनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई यसवर्षका सय उदयीमान व्यक्तिको सूचीमा छनोट गरेको छ । म्यागजिनले तयार पारेको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश छ ।


सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गर्दै म्यागजिनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।


सहरका गैरकानूनी संरचना भत्काएर आफ्ना प्रतिबद्धताको कार्यान्वयनमा बालेन अघि बढेको भन्दै म्यागजिनले प्रशंसा समेत गरेको छ । ‘शक्तिमा पुगेदेखि शाहले ल्यान्डफिल साइट प्रयोग गर्न अधिकारीसँग सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने घोषणा पनि गरेका छन्’ टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखेकी छन् ।


वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न थालेको हो ।