सुनसरी / मोरङको बेलबारी नगरपालिका - १ मा रहेको दिपज्योति नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार हरितालिका तिजका अबसरमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।


बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित तिज बिशेष कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो । संस्था अध्यक्ष पार्वती बरालको अध्यक्षता र ब्यबस्थापक गोमा खुलालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 


संस्थाले हरेक बर्ष तिजका अबसरमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । महिलाहरु मात्र शेयर सदस्य रहेको संस्था बेलबारीमा सबैभन्दा बढी सदस्य रहेको उत्कृष्ट सहकारी संस्थामध्ये एक हो ।