धनकुटा / कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), कृषि संकाय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), पाख्रिबास, धनकुटाले आयोजना गरेको पाँचदिने " तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन" विषयक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC), सानोठिमी, भक्तपुरको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम जेठ २३ देखि २७ गतेसम्म पाख्रिबासमा आयोजना गरिएको थियो।तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मधेश कृषि विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पस तथा अनुसन्धान संस्थामा कार्यरत प्राध्यापक, अनुसन्धानकर्ता तथा प्र
धनकुटा / धनकुटाको हिलेमा विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी एक महिने ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सुरु भएको छ। कोशी प्रदेश ब्याडमिन्टन सङ्घको आयोजनामा तथा हिले ब्याडमिन्टन क्लबको स्थानीय व्यवस्थापनमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा १७ वर्षमुनिका तथा कक्षा १० सम्म अध्ययनरत छात्र–छात्राहरूको सहभागिता रहेको छ।प्रशिक्षण कार्यक्रमको उद्घाटन पूर्व जनप्रतिनिधि एवं हिले ब्याडमिन्टन क्लबका प्रमुख सल्लाहकार लालचन्द्र गोम्वाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता कोशी प्रदेश ब्याडमिन्टन सङ्घका अध्यक्ष भोगेन्द्र थापाले गर्नुभएको थियो।एक महिनासम्म सञ्चालन हुने प्रशिक्ष
धरान / रोटर्याक्ट क्लब अफ धरान घोपाले डेपोट माध्यमिक विद्यालय, धरानमा विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा महिनावारी सरसफाइ, लागू पदार्थ दुर्व्यसन नियन्त्रण , तथा दाँत तथा मुख स्वास्थ्य सरसफाइ सम्बन्धी सचेतना प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु तथा विभिन्न स्वास्थ्य जोखिमहरूबारे जानकारी प्रदान गर्नु रहेको थियो तथा स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोज
इटहरी । विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको सरस्वती माध्यमिक विद्यालय अहिले भने विद्यार्थी बढाउँदै माध्यमिक तह सञ्चालन गर्न सफल भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा रहेको उक्त विद्यालय शिक्षक, अभिभावक र समुदायको सामूहिक प्रयासले माध्यमिक तह (माव्रिं) सम्म स्तरोन्नति हुन सफल भएको हो । पहाडी ग्रामीण क्षेत्रका धेरै विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । सरस्वती माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेर पनि अहिले भने माध्यमिक विद्यालय बन्न सफल भएको हो । २०४६ सालमा स्थापना भएको विद्यालय २०७६ सालसम्म आइपुग्दा विद्यार्थी घटेर १८ जनामा सीमित भयो । कर
विराटनगर । National Educational Consultancy Association (NECA) कोशी प्रदेशले शैक्षिक परामर्श क्षेत्रमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विदेश अध्ययन, शैक्षिक परामर्श तथा अन्तर्राष्ट्रिय शैक्षिक गतिशीलतासँग सम्बन्धित संस्थाहरूमा भइरहेको अनुगमन, अनुसन्धान तथा नियमनलाई कानुनअनुसार पारदर्शी र व्यवस्थित ढंगले अघि बढाउन आग्रह गरेको हो।संघले नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रबाट भइरहेका नियमन र अनुसन्धानका कार्यमा आफूहरूको सहयोग रहने स्पष्ट पारेको छ। विद्यार्थी तथा अभिभावकको हित संरक्षण, सेवा प्रवाहमा पारदर
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ३ स्थित प्यागोडा मोडल माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।विद्यालय परिसरमा शनिबार आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई खादा मालाले सम्मान गरिएको थियो । यस वर्षको एसईई परीक्षामा विद्यालयका मेधावी छात्र रोहन पौडेल र छात्रा दिक्षा रेग्मीले समान ३.९१ जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन् । एसईई परीक्षामा सहभागी १९ जना विद्यार्थी सबै उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका हुन् । विगत १६ वर्षदेखि लगातार शतप
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ६ स्थित सुन्दर दुलारी टोल विकास संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन कुमार खत्रीको अध्यक्षता तथा समाजसेवी देभराज तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष खत्रीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टोल विकास र स्थानीय बासिन्दाको हकहितका लागि संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले टोलको समग्र विकासका लागि स्थानीयवासीबीच एकता आवश्यक रहेको धारणा राख्नुभयो । त्यसैगरी प्रमुख अतिथि तामाङले आगामी दिनमा टोल विकासका गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्य
इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –२ खोक्लिङस्थित ओझागाउँ आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारको ६५ प्रतिशत र स्थानीय सरकारको ३५ प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भएको ६ कोठे भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो । एक करोड ६० लाख रुपियाँमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले गर्नुभएको हो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की साथै वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीयवासी, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रमम
विराटनगर । बजारमा पेट्रोलियम पदार्थको अभाव भई सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको गुनासो आएपछि कोशी प्रदेश सरकारले इन्धन आपूर्तिलाई सहज बनाउन पहल थालेको छ।कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै बजार अनुगमन र आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो। मन्त्रालयले जारी गरेको पत्रमा बजारमा पेट्रोलियम पदार्थको अभावका कारण नागरिकस्तरबाट व्यापक गुनासो आएको उल्लेख गरिएको छ।मन्त्रालयका अनुसार कृत्रिम अभाव, कालोबजारी तथा अव्यवस्थित वितरण नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय रूपमा परिचालन गरिनेछ। इन्धन आपूर्तिलाई सहज र व्यवस्थित बनाउन सम्
इटहरी । लालीगुराँस एकेडेमी मा २०८३ जेठ १ गते ११ सदस्यीय लालीगुराँस बाल क्लब गठन गरिएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सदीक्षा जिमीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।बालबालिकामा नेतृत्व क्षमता विकास गर्ने, सामाजिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय सहभागिता गराउने र विद्यालयस्तरमा सहकार्य तथा अनुशासनको भावना अभिवृद्धि गर्ने उद्देश्यले क्लब गठन गरिएको विद्यालयले जनाएको छ।कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मुना कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले बाल क्लबले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न, आत्मविश्वास बढाउन तथा अतिरिक्त क्रियाकलापमार्फत सकारात्मक सोचको विकास
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.