इटहरी । जिल्ला प्याब्सन सुनसरीको आयोजनामा शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृत्रिम बौद्धिकता (AI) प्रणालीसँग जोड्ने उद्देश्यले आयोजित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि सहभागी भएका थिए। प्रशिक्षणमा ChatGPT तथा Generative AI, पाठयोजना तथा शिक्षण सामग्री निर्माण, प्रश्नपत्र तथा मूल्याङ्कन, विद्यालय प्रशासन, प्रतिवेदन तथा प्रस्तुतीकरण निर्माण, विद्यार्थी सिकाइ विश्लेषण, समय व्यवस्थापन तथा AI को सुरक्षित र नैतिक प्रयोगलगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले गर्नुभएको थियो। पहिलो दिनको कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य शैलेन्द्रप्रकाश अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला कोषाध्यक्ष गोपाल निरौलाले गर्नुभएको थियो।

WhatsApp Image 2026-10-04 at 8.28.12 PM

कार्यक्रममा इटहरी नगर प्याब्सन अध्यक्ष सूर्य मणि निरौला, रामधुनी नगर प्याब्सन अध्यक्ष अच्युत ढकाल, धरान नगर प्याब्सन अध्यक्ष दीपक घिमिरे तथा दुहबी प्याब्सन अध्यक्ष सुशील शाक्यलगायत जिल्ला तथा नगर प्याब्सनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

ING IMPACT, काठमाडौंका डाइरेक्टर गोविन्द थापाले मुख्य सहजकर्ताका रूपमा सहभागीहरूलाई AI का विभिन्न उपकरण तथा प्रविधिको प्रयोगबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमका आयोजकका अनुसार AI लाई शिक्षाको विकल्पका रूपमा नभई शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, सिर्जनशील र प्रविधिमैत्री बनाउने सहयात्रीका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।

जिल्ला प्याब्सन सुनसरीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, प्रशिक्षक, नगर प्याब्सन, प्रधानाध्यापक, शिक्षक तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गरेको छ।

WhatsApp Image 2026-10-04 at 8.28.13 PM (1)