इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित कचना महादेव माध्यमिक विद्यालयको कक्षा १० मा पढने किरण राजवंशीलाई कम्प्यूटर सिक्न कुनै इन्ष्टिच्युट धाउनु परेको छैन । विद्यालयमै रहेको सूचना प्रविधि प्रयोगशालाबाट व्यावहारिक अभ्यास सहितको कम्प्युटर शिक्षा लिन पाउँदा किरण औधी खुसी छन् । अत्याधुनिक कम्प्युटर तथा अन्य सामग्री सहितको ल्याबमा विद्यार्थीहरुले सामूहिक प्रयोगात्मक अभ्यास गर्दै आएका छन् ।सोही विद्यालयकी छात्रा शोभा खत्री पनि विद्यालयको प्रयोगात्मक शिक्षाबाट सन्तुष्ट छिन् । विद्यालयले कम्प्युटर प्रविधिको सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान प्रदान गरी आफूहरुको व्यावहारिक क्षमता अभिवृद्धिमा
इटहरी : उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको अध्यक्षमा सागरप्रसाद भट्टराई निर्वाचित भएका छन् ।इटहरीमा शनिबार सम्पन्न पांचौ जिल्ला अधिवेशनले भट्टराईको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो ।नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पेशल पोखरेल, उपाध्यक्षमा नेत्रप्रसाद सुबेदी, सचिवमा हेमन्त भण्डारी र कोषाध्यक्षमा अनन्तप्रसाद सुबेदी निर्बिरोध निर्वाचित भएका छन् ।कार्यसमिसतको सदस्यहरूमा अर्जुन प्रसाद न्यौपाने, मुक्तिराज सुबेदी, विशाल कार्की, रितेश चौधरी, अनिल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, अन्य सदस्यमा शान्तिराम गौतम, सुवास लुईटेल, फडिन्द्र
सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अन सार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको हो।सो निर्देशनअनुसार देशैभरका सामुदायिक विद्यालय तीन दिनसम्म बिदा हुने भएको छ। शिक्षा तथा मानव सोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले अधिकांश विद्यालय मतदान
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो। परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो।आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् । कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनैपर्छ। पहिलो चरणमै न्यून परीक्षार
काठमाडौँ — शिक्षा मन्त्रालयले द्वन्द्वपीडित २ सय ३३ शिक्षकलाई पुनर्बहालीको तयारी गरेको छ । यसैगरी १८ जनालाई काम गर्न, ४१ जनालाई निवृत्तिभरण र २ सय ८४ अस्थायीलाई एकमुष्ट आर्थिक सहायता दिने भएको छ ।मन्त्रालयले मन्त्रिपरिषद्बाट गत चैत १६ मा भएको ‘राजनैतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीको व्यवस्थापन’ निर्णयअनुसार कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।त्यसनिम्ति शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नामावली सार्वजनिक गर्दै पुनर्बहाली, हाजिरी, निवृत्तिभरण तथा उपदान र एकमुष्ट आर्थिक सुविधा प्राप्तिका निम्ति ३५ दिनभित्र आवेदन दिन भनेको छ । पुनरावेदन अदालतका तत्कालीन
निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको उनीहरुको गुनासो छ ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए ।उनले हप्ताम
त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन । विभिन्न बहानामा हुने आन्दोलनका कारण उच्च शिक्षाको ८० प्रतिशतभन्दा बढी भार बोकेको उक्त संस्था शैक्षिक, प्रशासनिक तथा आर्थिक रूपमै लथालिङ्ग बनिसकेको छ ।आन्दोलनकारीसँग छलफल गरेर समस्या समाधानका लागि पहल भए पनि वार्ता सफल नहुँदा विश्वविद्यालयको छवि अन्तर्राष्ट्रियस्तरमै धूमिल हुन सक्ने भन्दै यस क्षेत्रका विज्ञले चिन्ता व्यक्त गरेका छन् । नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजि
त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ । त्रिविले एक सूचना प्रकाशन गरेर बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख छ । तर परीक्षा चलिरहेको भए परीक्षा यथावत रुपमा नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।
काठमाडौं । स्थानीय तहको निर्वाचनको कारण कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधवार एक सूचना जारी गर्दै वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो ।आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजना छ । कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने तयारी गरेको छ ।ईपीएस अन
काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् ।शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने उनले जानकारी दिए ।बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.