स्वास्थ्य

    Showing ४७१-४८० of ५८७ items.
  • स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा ढकाल

    काठमाडौं- स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन्। सौराहामा आज सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।भरतपुरस्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजका सञ्चालक ढकाल यसअघि संघको सल्लाहकार थिए।सो समितिको उपाध्यक्षमाद्वय काठमाडौँस्थित एभरेष्ट नर्सिङ कलेजका सञ्चालक केपी सिंह, विराटनगरस्थित हाम्रो स्कुल अफ नर्सिङका सञ्चालक डा शङ्करप्रसाद अधिकारी, महासचिवमा काठमाडौँस्थित नर्भिक इष्टिच्युट अफ नर्सिङ एजुकेशनका सञ्चालक केएन शर्मा, सचिवमा काठमाडौँकै सान इष्टिच्युट अफ नेपालका सञ्चालक प्रवल श

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १२९ पटक पढिएको
  • भारतमा संक्रमण बढेसँगै रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता

    काठमाडौं– भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ।हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए। गत चैत महिनामा ६ हजार ४ सयको एन्टिजेन परीक्षणमा चार जनामा पोजेटिभ देखिएका थियो। सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ। ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ,’ उनले भने। खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १२४ पटक पढिएको
  • डब्लूएचओका महानिर्देशक टेड्रोससँग स्वास्थ्यमन्त्री खतिवडाले के भने?

    काठमाडौं– स्वास्थ्यमन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससबीच भेटवार्ता भएको छ। आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।भेटवार्ताका अवसरमा महानिर्देशक डा टेड्रोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको छ। तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका हुन्। 'दोस्रो कार्यकालको लागि यहाँको म

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १२६ पटक पढिएको
  • छिमेकी देशमा कोरोना बढेसँगै नेपालमा पनि जोखिम बढ्यो: स्वास्थ्य मन्त्रालय

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारत लगायतका देशहरुमा कोभिड १९ को संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाइएको छ।  कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यस विरुद्धको खोप अभियान संचालन गरिरहेको मन्त्रालयले जनाएको छ। 'कोभिड १९ को संक्रमणदर भारत लगाएतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थ

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १२८ पटक पढिएको
  • अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ घाइते

    काठमाडौं– ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएकाे महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञ विनोद पोखरेलले जानकारी दिए। 'औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट भएको छ। विस्फोटमा ७ जना घाइते भएकामा १ जनाको मृत्यु भएको छ,' एसएसपी पोखरेलले भने। उनका अनुसार अक्सिजन भर्ने क्रममा एउटा सिलिण्डर विस्फोट भएको थियो। एउटा सिलिण्डर विस्फोट हुँदा नजिकै रहेका अन्य सिलिण्डर पनि विस्फोट भएको जानकारी प्राप्त भएको एसएसपी

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १३७ पटक पढिएको
  • कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

    कर्णाली- कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ। सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए।छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए। कोरोना खोप अभियानलाई तीव्रता दिनुक

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १४१ पटक पढिएको
  • आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं । सरकारले आजदेखि देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ ।७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • १३९ पटक पढिएको
  • टोलटोलमा डेंगु र कालाजार नियन्त्रण गर्न औषधी छर्कदै उर्लाबारी नगरपालिका

    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका यति वेला नागरिकको स्वास्थ्यलाई ध्यान दिदै डेंगु नियन्त्रण अभियानमा लागेको छ ।दिनप्रतिदिनको बढ्दो गर्मी मौषमका कारण समुदाय स्तरमा लामखुट्टेको बढ्दो प्रभावले डेंगु र स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण कालाजार रोग लाग्ने गर्दछ ।यि दुवै रोग प्राणघातक रोगको सुचिमा रहेका छन् समयमै उपचार पाएन भने यो रोगबाट ग्रसित प्राय सवैको मृत्यु निश्चित हुने भएका कारण   नगरपालिकाले डेंगु र कालाजार नियन्त्रणका लागि औषधी छर्कने कार्य गरिरहेको छ ।जस अन्र्तगत वडा नम्वर ५ र ६ मा अभियान सम्पन्न् भएको छ भने शनिवार देखी वडा नम्वर ७ मा अभियान थालनी गरिएको छ ।औषधी

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • १२७ पटक पढिएको
  • सामुदायीक,अस्पताल इटहरीमा अब हाडजोर्नि नशा तथा प्रसुती सम्बन्धी २४ घण्टे सेवा उपलब्ध

    इटहरी :  इटहरी तथा आसपासका विरामीहरुलाई उपचारका लागि बाहिर जानु नपरोस भनेर नीजि क्षेत्रबाट इटहरीमा सञ्चालित पहिलो अस्पताल सामुदायिक अस्पतालले हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।अस्पतालले सेवा विस्तारका विषयमा जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।  वि.सं.२०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • १३५ पटक पढिएको
  • नेपाली काग्रेंस इटहरी वडा नम्वर २ को रत्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन

    रगत अभाव भएकै कारण कसैले ज्यान गुमाउन नपरोस भनि नेपाली काग्रेंस इटहरी वडा नम्वर २ ले शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रम इटहरी २ को देबीथान चौकमा नेपाली काग्रेंस २ नम्बर वडाका कार्यबाहक सभापतीको अध्यक्षतामा भएको थियो । नेपाल रेडक्रस सोसाइटि धरानको सम्वन्यमा भएको कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको नेपाली काग्रेंस २ नम्वर वडा समिती सचिब निराजन पाण्डेले जानकारी दिनुभयो । ३०० जनाको सहभागीतामा भएको कार्यक्रममा १ सय ५८ जनाले रगत जाँच गराएका थिए । रक्तदान कार्यक्रममा नेपाली काग्रेंस इटहरी वडा नम्वर २ का पुर्व सभापती पुष्प बहादुर गुरुङ, टंक थापा, केशव मगर, वर्तमान सभापती जितेन्द्र

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • १५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]