काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड १९ का संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७७१ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित थपिएका हुन्।
आज १९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कोही कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ४३ जना सक्रिय संक्रमित रहेका छन्। हाल ९५ प्रतिशल लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।


