स्वास्थ्य

    Showing ५१-६० of ५८७ items.
  • देशभरका १९ मेडिकल कलेजका विद्यार्थी भेला, वीपी प्रतिष्ठानमा ‘साईन्याप्स २०२६’ सुरु

    इटहरी । नेपालभरका १९ वटा मेडिकल कलेजका विद्यार्थीहरूको सहभागितामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बहुविषयक विद्यार्थी सम्मेलन ‘साईन्याप्स २०२६’ सुरु भएको छ । गैर–राजनीतिक तथा गैर–नाफामुखी विद्यार्थी संस्थाद्वारा आयोजना गरिएको साईन्याप्स २०२६ को मूल नारा ‘पुनर्जीवित, पुनः जोडिने र लचिलोपन’ तय गरिएको छ । विद्यार्थी कल्याण समाजको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा देशका विभिन्न मेडिकल कलेजहरुको उपस्थिती रहेको छ । आठ वर्षपछि दोस्रो पटक आयोजना गरिएको साईन्याप्स सम्मेलनले चिकित्सा शिक्षा मात्र होइन, विद्यार्थीहरूको शारीरिक, मानसिक र

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २८३ पटक पढिएको
  • पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

    इटहरी ।   ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • १८० पटक पढिएको
  • मानव कल्याण आरोग्य ज्ञान महायज्ञ–२०८२ इटहरी मुक्तिधाममा हुँदै

    इटहरी (सुनसरी) — श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालद्वारा सञ्चालित मंगल राधिक सदानन्द प्रणामी अस्पतालको आयोजनामा मानव कल्याण आरोग्य ज्ञान महायज्ञ–२०८२ कार्यक्रम इटहरीमा आयोजना हुने भएको छ। मुक्तिधाम इटहरी–४, सुनसरीमा अवस्थित उक्त अस्पतालले मानव कल्याण, स्वास्थ्य चेतना अभिवृद्धि तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागेको हो। कार्यक्रम आगामी २०८२ साल माघ १९ गतेदेखि माघ २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।आयोजकका अनुसार महायज्ञअन्तर्गत निःशुल्क ओपीडी सेवा, स्वास्थ्य परीक्षण, विशेष स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन ग

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २६९ पटक पढिएको
  • भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा बढाइयो सतर्कता

    इटहरी ।  भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षलाई नै प्रयोगमा ल्याउने गरी तयारी थालिएको स्वास्थ्य निर्देशानालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । निपा भाइरस कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्ने सचेतनाको कार्यक्रम स्थानीय तहमार्फत थालिने उहाँले बत

    • प्रकाशित मितिः माघ १६, २०८२
    • १५५ पटक पढिएको
  • "६४औँ नर्सिङ दिवस: हरि कुमारी राई सम्मानित, नर्सिङ पेशाको मर्ममा जोड"

    धरान — बिपी प्रतिष्ठानमा आज बिहीबार ६४औँ नेपाल नर्सिङ दिवस मनाइएको छ। प्रतिष्ठानकी नर्स हरि कुमारी राई यस अवसरमा सम्मानित भएकी छन्। उनलाई नेपाल नर्सिङ सङ्घ, बिपी प्रतिष्ठानले विशेष रूपमा सम्मान गरेको हो।कार्यक्रममा उपकुलपति विक्रम प्रसाद श्रेष्ठले नर्सहरूको अनुशासन, दक्षता र सेवाभाव जनताले अनुभव गर्न सक्ने भएकाले नर्सिङ दिवसको महत्व बढ्ने बताए। उनले भने, “नर्सिङ दिवस मनाएर मात्र पर्याप्त हुँदैन, पेशाको मर्म व्यवहारमा अपनाउन जरुरी छ।”“सुरक्षित र मर्यादित नर्सिङ पेशा, जनतालाई गुणस्तरीय सेवा” नारासहित कार्यक्रम आयोजना भएको थियो। नेपाल नर्सिङ सङ्घका अध्यक्ष तथा बिपी प्रतिष्ठानकी मेट्रोन कला थापाको

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २४१ पटक पढिएको
  • मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छुटसम्बन्धी द्विपक्षीय सम्झौता

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका र विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पताल तथा काठमाण्डौस्थित काठमाण्डौ मेडिकल कलेज  ( KMC ) बीच उपचार सेवामा छुट उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार आज मिति २०८२ माघ १५ गतेदेखि एक वर्षको अवधिका लागि मिक्लाजुङ गाउँपालिका–मधुमल्ला, मोरङमा बसोबास गर्ने नागरिकहरूले स्वास्थ्य बीमा गरी उक्त अस्पतालहरूमा उपचार गराउँदा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य उपचार सेवाअन्तर्गतका सम्पूर्ण सुविधा—स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोष लगायत अन्य सबै सेवा—पूर्ण रूपमा उपभोग गरिसकेपछि थप उपचारका क्रममा

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २०१ पटक पढिएको
  • स्थानीय तह र सामुदायिक सेवा प्रतिष्ठानको पहलमा खोटाङमा पाठेघर खसेको समस्याको खुलेर परीक्षण र निःशुल्क शल्यक्रिया हुँदै

    इटहरी । महिलाहरुले पाठेघरमा भएको समस्याको खुलेर उपचार गराउन थालेका छन् । लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिलाहरु अहिले खुलेर उपचार गराउन थालेका हुन् । खोटाङका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् । करिब तीन वर्ष अगाडि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला आउँदैन थिए । तर, अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताउनुभयो। सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा खोटाङका स्थानीय

    • प्रकाशित मितिः माघ ९, २०८२
    • १६३ पटक पढिएको
  • सुन्दरहरैँचामा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल सुरु, आमचोक, लिम्चुङबुङ र लेटाङ क्वार्टरफाइनलमा

    सुन्दरहरैँचा मिलन अधिकारी । सिदार्थ युवा समाज क्लबको आयोजनामा सुन्दरहरैँचा नगरपालिकामा दोस्रो सुन्दरहरैँचा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।गाछिया खेल मैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका ११ स्थानीय तहका महिला टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिताका सबै खेलहरू बेस्ट–५ प्रणालीमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।उद्घाटन खेलमा आमचोक गाउँपालिका, भोजपुरले बेलबारी नगरपालिका, मोरङलाई लगातार ३–० सेटले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आमचोकले पहिलो सेट २५–१०, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले जितेको हो ।दोस्रो खेलमा लिम्चुङबुङ गाउँपालिका,

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २३६ पटक पढिएको
  • झापामा चिकित्सकमाथि हातपातस् नेपाल चिकित्सक संघद्वारा भर्त्सना, दोषीलाई कारबाहीको माग

    इटहरी । झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार र हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले कडा आपत्ति जनाएको छ।२०८२ माघ ४ गते आइतबारका दिन अस्पतालको आकस्मिक ९ईमर्जेन्सी० विभागमा सेवा दिइरहेका बेला केही व्यक्तिहरूको समूह भित्र पसी चिकित्सकमाथि आक्रमण गरेको हो। संघका आजीवन सदस्य समेत रहेका डा। आदित्य आनन्द यादवमाथि हातपात र गालीगलौज गरिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुअस्पताल जस्तो संवेदनशील क्षेत्रमा सेवामा खटिएका चिकित्सकमाथि भएको यस्तो आपराधिक कार्यको संघ घोर भर्त्सना गर्दछ।ु यस्ता घटन

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १८८ पटक पढिएको
  • ४७औँ हाङथुम कप २०८२ माघ ५ गतेदेखि सुरु हुने

    मिलन अधिकारी-संखुवासभा । संखुवासभा मादी नगरपालिका–३ मुलखर्कमा ४७ औँ हाङथुम कप २०८२ अन्तर्गत अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता माघ ५ गतेदेखि सुरु हुने भएको छ ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद – मादी मुलखर्कको पहिचान फुटबलको अभियान” भन्ने मूल नाराका साथ माघ ५ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका चर्चित क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा ८ टोली सहभागी छन् ।उद्घाटन खेलमा इन्द्रेणी युवा क्लब फुङ्लिङ्ग संखुवासभा र कोशी प्रदेश प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इन्द्रेणी क्लब, बराहक्षेत्र–५ सुनसरी र म्याङलुङ

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • ४९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]