इटहरी । धनकुटामा माघ २७ देखि एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले विद्यालय केन्द्रित एचपिभी खोप सञ्चालन तथा पूर्ण खोप सुनिश्चितता र दिगोपनसम्बन्धी समीक्षा तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी दिएको हो । यो वर्ष १४१ वटा विद्यालयका एक हजार दुई सय ५७ जना, विद्यालय बाहिर रहेका २ जना तथा गत वर्ष छुट भएका ५७ जना गरी कुल एक हजार दुई सय ८६ जना किशोरीलाई खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लाभर कुल ६ हजार नौ सय ११ जना किशोरीलाई एचपिभी खोप लगाइएको थियो । जनस्वास्थ्य अधिकृत सिर्जना बन्जाडेका अनुसार एचपिभ
इटहरी । इलाममा बालिकाहरुलाई लक्षित गरी यही माघ २५ गते देखी २९ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने भएको छ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने क्रममा इलाममा पनि खोप अभियान सञ्चालन हुने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर गंगाधर पण्डितका अनुसार गएको वर्ष छुटेकाहरुलाई पनि खोप लगाइने छ । विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालनका लागि काम अगाडी बढाइएको समेत जनाइएको छ । इलामका सबै विद्यालयमा प
इटहरी । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४सय किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको हो । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरकी प्रमुख सिर्जना बनमालीले जिल्लाका नौ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएकी हुन । । प्रमुख बनमालीका अनुसार जिल्लामा एक हजार ३९६ किशोरीलाई यस पटक खोप लगाइने छ । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई समे
इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा एचपीभी खोप अभियान सञ्चालनका लागि वडा खोप समन्वय समिति तथा सरोकारवालाहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।वडा अध्यक्ष अभदेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख, स्वास्थ्य केन्द्रका कर्मचारी, वडा कार्यालयका कर्मचारी, विद्यालय नर्स, फोकल शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।यही माघ २५ गतेदेखि २९ गतेसम्म आधारभूत स्वास्थ्य सेवा केन्द्र इटहरी–१० ले सञ्चालन गर्ने एचपीभी खोप अभियान तथा पाठेघरको
इटहरी । नेपालभरका १९ वटा मेडिकल कलेजका विद्यार्थीहरूको सहभागितामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बहुविषयक विद्यार्थी सम्मेलन ‘साईन्याप्स २०२६’ सुरु भएको छ । गैर–राजनीतिक तथा गैर–नाफामुखी विद्यार्थी संस्थाद्वारा आयोजना गरिएको साईन्याप्स २०२६ को मूल नारा ‘पुनर्जीवित, पुनः जोडिने र लचिलोपन’ तय गरिएको छ । विद्यार्थी कल्याण समाजको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा देशका विभिन्न मेडिकल कलेजहरुको उपस्थिती रहेको छ । आठ वर्षपछि दोस्रो पटक आयोजना गरिएको साईन्याप्स सम्मेलनले चिकित्सा शिक्षा मात्र होइन, विद्यार्थीहरूको शारीरिक, मानसिक र
इटहरी । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै पुगेर सेवा प्रवाह गर्ने लक्ष्यसहित गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गर्न लागेको हो । गाउँपालिकाको समन्वयमा नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१ तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको छ । स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडावडामा शिविर आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।
इटहरी (सुनसरी) — श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालद्वारा सञ्चालित मंगल राधिक सदानन्द प्रणामी अस्पतालको आयोजनामा मानव कल्याण आरोग्य ज्ञान महायज्ञ–२०८२ कार्यक्रम इटहरीमा आयोजना हुने भएको छ। मुक्तिधाम इटहरी–४, सुनसरीमा अवस्थित उक्त अस्पतालले मानव कल्याण, स्वास्थ्य चेतना अभिवृद्धि तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागेको हो। कार्यक्रम आगामी २०८२ साल माघ १९ गतेदेखि माघ २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।आयोजकका अनुसार महायज्ञअन्तर्गत निःशुल्क ओपीडी सेवा, स्वास्थ्य परीक्षण, विशेष स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन ग
इटहरी । भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षलाई नै प्रयोगमा ल्याउने गरी तयारी थालिएको स्वास्थ्य निर्देशानालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । निपा भाइरस कसरी सर्छ, कसरी बच्न सकिन्छ भन्ने सचेतनाको कार्यक्रम स्थानीय तहमार्फत थालिने उहाँले बत
धरान — बिपी प्रतिष्ठानमा आज बिहीबार ६४औँ नेपाल नर्सिङ दिवस मनाइएको छ। प्रतिष्ठानकी नर्स हरि कुमारी राई यस अवसरमा सम्मानित भएकी छन्। उनलाई नेपाल नर्सिङ सङ्घ, बिपी प्रतिष्ठानले विशेष रूपमा सम्मान गरेको हो।कार्यक्रममा उपकुलपति विक्रम प्रसाद श्रेष्ठले नर्सहरूको अनुशासन, दक्षता र सेवाभाव जनताले अनुभव गर्न सक्ने भएकाले नर्सिङ दिवसको महत्व बढ्ने बताए। उनले भने, “नर्सिङ दिवस मनाएर मात्र पर्याप्त हुँदैन, पेशाको मर्म व्यवहारमा अपनाउन जरुरी छ।”“सुरक्षित र मर्यादित नर्सिङ पेशा, जनतालाई गुणस्तरीय सेवा” नारासहित कार्यक्रम आयोजना भएको थियो। नेपाल नर्सिङ सङ्घका अध्यक्ष तथा बिपी प्रतिष्ठानकी मेट्रोन कला थापाको
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका र विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पताल तथा काठमाण्डौस्थित काठमाण्डौ मेडिकल कलेज ( KMC ) बीच उपचार सेवामा छुट उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार आज मिति २०८२ माघ १५ गतेदेखि एक वर्षको अवधिका लागि मिक्लाजुङ गाउँपालिका–मधुमल्ला, मोरङमा बसोबास गर्ने नागरिकहरूले स्वास्थ्य बीमा गरी उक्त अस्पतालहरूमा उपचार गराउँदा नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य उपचार सेवाअन्तर्गतका सम्पूर्ण सुविधा—स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोष लगायत अन्य सबै सेवा—पूर्ण रूपमा उपभोग गरिसकेपछि थप उपचारका क्रममा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.