नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको लागि माहोल तातिँदै गएको छ। विभिन्न मितिमा महाधिवेशन गर्ने तयारी गरे पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै पटक–पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसको अहिलेको मितिमा भने संवैधानिक अड्चनका कारण जसरी भए पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरु आन्तरिक भेटघाट र चुनावी प्रचार प्रसारमा दौडधूप गरिरहेका छन्।

उमेदवारहरुले आ–आफ्नो सामाजिक सञ्जालमार्फत धमाधम उमेद्वारी घोषणा गरिरहेका छन् । यस्तै शैलेन्द्र श्रेष्ठ  नेपाली काँग्रेस मोरङ क्षेत्र नं  ६ को   क्षेत्रिय सचिव पदमा आफ्नो उमेद्वारी घोषणा गरिसकेका छन्। राजनीतिप्रति युवाहरूको वितृष्णा बढिरहेको समयमा युवा, वृद्ध, बालबालिका सबैको मनमा बसी संगठन राम्रो नभएको ठाउँमा पनि आफ्नो उपस्थितिले स्थानीय निकायमा राम्रो प्रभाव देखाई जनप्रतिनिधि भइसकेको र अब वडा भन्दा माथि उठेर क्षेत्रिय तहमा संगठनलाई मजबूत बनाउन लागिपर्ने र सबैलाइ समेट्दै पार्टीलाई सुदृढ पठाउने सङ्कल्पका साथ लागिपरेका छन ।

स्कुले जिवनबाटै नेपाल विद्यार्थी संघको नेतृत्व लिएका नेता शैलेन्द्र श्रेष्ठले आफूलाई मोरङ क्षेत्र नं  ६ को क्षेत्रिय सचिव पदमा विजयी बनाइदिन आग्रह गर्दै प्रचारप्रसार गरिरहेका छन्। साबिक दुलारि ने बि संघ सभापति , तरूण दल क्षेत्रिय कोषाध्यक्ष, १३औं  महाधिवेशन वडा सभापति हुँदै मोरङ  सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लगायतका जिम्मेवारी सम्हालिसकेको अनुुभवका आधारमा उनले मोरङ क्षेत्र नं  ६ को क्षेत्रिय सचिव  पदमा उमेद्वारी घोषणा गरेको दाबी गरे।

अग्रजलाई सम्मान गर्दै उहाँहरूकै मार्ग निर्देशनमा राजनीतिमा अवसर खोजिरहेको र अहिले जसरी राजनीतिमा युवाहरूको चाम बढ्दो छ,  यस क्षेत्रमा आफ्नो सम्भावना देखेका कारण आफुले राजनीतिमा आफ्नो अभ्यास र साधनाले सकारात्मक काम गर्न सकिन्छ भन्ने महसुस गर्दै राजनीतिलाई समाजसेवाको रूपमा बुझेकोले पार्टीमा आन्तरिक लोकतन्त्रको सशक्तीकरण गरी विधि, पद्धति र सुशासनयुक्त संगठन निर्माणमा टेवा पुर्याउन, पार्टीलाई उत्पादनमुखी क्षेत्रको विकासमा लगाउन, नैतिकवान पार्टी सदस्य निर्माण गर्न सोही अनुसारको प्रशिक्षण र अभिलेखीकरण को व्यवस्था गराउन आफूले पहल गर्दै जाने उनले बताए।एउटै पार्टीका नेताले पनि आफ्नै पार्टीका नेतालाई सम्मान गर्न नसकिरहेको अवस्था छ । यसको मुख्य जड भनेकै पार्टीभित्रको गुट हो । गुट भन्दा माथि उठेर पार्टीमा रहेका मानिसहरूको हितमा काम गर्नका लागि आफ्नो उम्मेदवारी रहेकोले आफुलाइ सबैले साथ दिनेमा बिस्वस्त रहेको श्रेष्ठले बताए ।256147544_1575713122766409_4276552645595185025_n