वरिष्ठ गायिका ज्ञानु राणा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । शुक्रबार साँझ सम्पन्न ‘साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा राणालाई नगद रु.१७,६९६ सहित सम्मान गरिएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, अवार्ड कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा लगायतले राणालाई सम्मान प्रदान गरेका थिए ।‘नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रवद्र्धन हाम्रो अभियान’ नाराका साथ अर्थ नेपाल प्रालिले आयोजनामा गरेको अवार्ड समारोहमा पत्रकार विदुर गिरी ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’ नगद रु. ८८४८ सहित सम्मानित भए ।काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भुषाल, विष्णु सुवेदी, सुमन पण्डित र शिवराम भण्डारीले प्राप्त गर्दा गायिका रमिला न्यौपाने, प्रकाश दुतराज, निशु झा, डब्बु क्षेत्री, लोकराज अधिकारी, सुरेन्द्र महर्जन, रञ्जना कार्की, दुर्गा काफ्ले र गोविन्द कंडेल, माधव खरेल लगायतले सगरमाथा कला सम्मान हात पारे ।


