गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको लोकगीत ‘चाँदनी’ सार्वजनिक गरिएको छ । लय तथा शब्द सुजन लम्सालको रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतको अभिनय देख्न सकिन्छ । दुवैको भिडियोमा रोमान्स सुहाएको देख्न सकिन्छ । अभिनेत्री केकी अधिकारीले गीतको अडियो सुन्ने बित्तिकै मन छोएर भिडियो अभिनय गरेको बताइन् ।प्रकाशले आफ्नो गीतसंगीतको करिअर नै पृथ्वी इन्टरटेनमेन्ट बाटै सुरु भएकोले भिडियोमा जोडिएको बताए । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन छ ।


