ईटहरी : भ्वाईस अफ चिल्ड्रेन सुनसरीले ईटहरी उपमहानगरपालिकाको विद्यालयका शिक्षकहरुका लागि बालबालिकाप्रति हुने साईबर अपराध रोकथामसम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । ईटहरी उपमहानगरपालिकाको समन्वय, भ्वाईस अफ चिल्डे्रनको आयोजना र केएनएच जर्मनीको सहयोगमा सञ्चालित उक्त कार्यशालामा ५० भन्दा बढी शिक्षकशिक्षिकाहरुको सहभागिता थियो । आजको आधुनिक युगमा ईन्टरनेट विकासबाट सामाजिक सञ्जाल लगायत विभिन्न एपहरुको प्रयोग बढ्दो छ तर त्यसको सदुपयोग गरी फाईदा लिने कार्यमा हामी अग्रसर हुनु पर्दछ भन्ने कुरामा सबैको जोड रहेको थियो । अनलाईनबाट हुने अपराधहरुमा बालबालिका अझ बढी जोखिममा छन् उनीहरुको सुरक्षा र संरक्षण हामी सबैको दायित्व हो भन्ने कुरामा कार्यशालाका सहजकर्ता गोविन्द कोईरालाले जानकारी दिनुभयो । कार्यशालामा सुनसरी जिल्लामा अनलाईनबाट बालबालिकामा भएका घटनाहरु र बाल हेल्पलाईन १०९८ बाट भएका घटना व्यवस्थापनको बारे कार्यक्रम संयोजक भरत थापाले जानकारी गराउनु भएको थियो । संस्थाले आगामी दिनमा गर्ने कार्य र अनलाईन दुव्र्यवहारबाट बालबालिकालाई संरक्षण गर्न शिक्षकशिक्षिकाहरुको महत्वपुणर् भुमिका हुने कुरा संस्थाका उप निर्देशक राजु घिमिरेले बताउनु भयो । 

कार्यशालामा सहभागी सबैले आफुले सिकेको र जानेको कुरा विद्यालयमा बालबालिकालाई सिकाउने र उनीहरुलाई साईबर सुरक्षाको बारेमा बताउने कुरामा प्रतिबद्धता जनाउनु भयो ।