ईनरुवा। नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको अधिवेशन यहि पुष २३ गते हुने भएको छ ।
आज एमाले सुनसरीको पुर्ण बैठकले जिल्ला अधिवेशन  यही पुस २३ गते गर्ने निर्णय गरेको हो । बैठकले धरान उपमहानगर कमिटी र इनरूवा नगर कमिटीको विवाद मिलाउन जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन भएको छ ।
बैठकले आगामी पौष २३ गते जिल्ला सदरमुकाम ईनरुवा नगरपालिकाको वडा नम्बर १ को खेल मैदान(पुरानो जेलफिल्ड) मा बिहान ११:०० उदघाटन गर्ने गरि  विभिन्न  ८ वटा उपसमिति निर्माण गरेको छ। सांगठनिक प्रतिवेदन तयारी,प्रतिनिधि ब्यवस्थापन, आर्थिक, मन्च ब्यवस्थापन, स्वयंसेवक परीचालन, खाध्य ब्यवस्थापन, अतिथिसत्कार, प्रचारप्रसार लगायत उपसमिति निर्माण गरिएको छ।

जिल्ला अधिवेशनमा प्रतिनिधि संख्या र प्रतिनिधिको अनुपात निर्धारण जिल्ला पदाधिकारी बैठक बाट हुने जिल्ला कमिटी प्रचार विभाग प्रमुख रवि खनालले जानकारी दिनुभयो । बैठकलाई पार्टी प्रदेश कमिटी सदस्य एवम संविधान सभा सदस्य रेवती रमण भण्डारी र प्रदेश सदस्य रमेश बस्नेतले सम्बोधन गर्नु भएको थियो भने बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला सह- इन्चार्ज एवम धरान उपमहानगर पालिकाकि उपप्रमुख मन्जु भण्डारी सुवेदी, केन्द्रीय सदस्य तथा जिल्ला  सह-इन्चार्ज तैयव हुसेन, केन्द्रिय लेखा आयोग सदस्य डि बि शाह शंकर र प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो। जिल्ला अधिवेशनमा प्रतिनिधि संख्या र प्रतिनिधिको अनुपात निर्धारण जिल्ला पदाधिकारी बैठकबाट हुने खनालले बताउनुभयो ।