मोरङ्ग । मोरङ्गको ग्रामथान गाउँपालिकामा उपाध्यक्षसँग छात्रा कार्यक्रम सुरु गरीएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष शिव नारायण माझीको प्रमुख आथित्यमा आज ग्रामथान गाउँपालिका वडा नं. २ मा रहेको श्री रबि आधारभुत्त बिध्यालय झोराहाटमा उपाध्यक्ष संग छात्रा कार्यक्रमको उद्घाटन गरीएको छ ।

ग्रामथान गाउृँपालिका भरीको २१ वटा अधारभुत तथा माध्यमिक सामुदायिक र सँस्थागत बिद्यालयहरुमा १२ बर्ष भन्दा माथि रहेका १४ सय भन्दा बढी छात्राहरु संग उपाध्यक्ष सँग छात्रा कार्यक्रम सँचालनमा ल्याएका छन् ।

दिनानुदिन बढदै गईरहेको छात्रा हिंसा को बारेमा स्कुल तथा घरमा हिंसामा परेका छात्राहरुलाई कसरी निदान गर्न सकिने विषयमा ग्रामथानका २१ ओटा विध्यालयमा अन्र्तक्रिया गरी उपाध्यक्ष सँग छात्रा कार्यक्रम सँचालन गरीरहेको गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी चौधरीले बताईन् । गाउँपालिकाकी उपाध्यक्ष चौधरीले आफ्नो उपस्थिती सँगै मनोपरामर्श दाताको उपस्थितीमा हिंसाहरुको बारेमा जानकारी गराउने देखी छात्राहरुको हिंसात्मक घट्ना भएका छन् भने त्यसलाई सुल्झाउने बताईन् ।

कार्यक्रमको बिशिष्ट अथितिमा रहेका ग्रामथान गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कार्कीले अहिलेको किशोरी (छात्राहरु) सामाजिक सँञ्जाल बाट विशेषगरी हिंन्सामा परेको बताए त्यसैगरी गाउँपालिकाले यसलाई न्यूनिकरण गर्नको लागी प्रत्येक अधारभुत विद्यालयमा गई उपाध्यक्ष सँग छात्रा कार्यक्रमको आयोजना गरी यसबारे सचेतानाको कार्यक्रम सँचालन गरीएको बताए ।

प्रमुख अथिति रहेका ग्रामथान गाउँपालिकाको अध्यक्ष शिव नारायण माझीले छात्राहरु हिंसा परको बेला बढी लुकाने , डराउने गरको पाइन्छ । यसलाई लुकाउनु भन्दा आफु न्यायको खोजिमा लाग्नु उत्तम उपाय रहेको अध्यक्षले बताए ।