इटहरीमा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने " इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना हुने "

alt

इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरीलियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ ।

   इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

  प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यका लागि फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा आगामी माघ ७ र ८ गते इटहरीको आपगाछीमा रहेको एरिना फुटसलमा प्रतियोगिता सञ्चालन गरिने इटहरी सुनसरी लियो क्लवका अध्यक्ष समिर केसीले जानकारी दिए ।

३२वटा टिमको सहभागिता रहेन प्रतियोगितामा ८लाख ८६हजार खर्च हुने पुर्व अनुमान गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा इटहरी सुनसरी लियो क्लवका पुर्व अध्यक्षहरु सुजन पुरी ,सफल पौडेल , नवराज खड्का.बादल बराल लगायतले प्रतियोगिताका विषयमा पत्रकारहरुलाई जानकारी गराइएका थिए । 

कृषि तथा पशुपन्छी बीमाको प्रभावकारी कार्यान्वयनमा मन्त्री मेहताको जोड कृषि तथा पशुपन्छी बीमाको प्रभावकारी कार्यान्वयनमा मन्त्री मेहताको जोड

इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहताले प्र ...

 रेडस्टार माविका एनसीसी क्याडेटहरूलाई शुभकामनासहित बिदाइ रेडस्टार माविका एनसीसी क्याडेटहरूलाई शुभकामनासहित बिदाइ

इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयले राष्ट्रिय ...

 लागूऔषध दुव्र्यसनविरुद्ध कसेनीमा सचेतना कार्यक्रम लागूऔषध दुव्र्यसनविरुद्ध कसेनीमा सचेतना कार्यक्रम

इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ कसेनीमा लागूऔषध दुव्र्यसनविरुद्ध ए ...

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]