सुन्दरहरैचा । इन्द्रपुर समस्त भजन सञ्जालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार सुन्दरहरैचा १२ स्थित सिद्देश्वर शिवालय मन्दिरको सभाहलमा भजन सञ्जालले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले भजन सञ्जाललाई बाध्यवादनका सामानहरु वितरण गरेका थिए । ढकालले भजन सञ्जालको आफ्नै भवन नभएका कारण नगरले भजन सञ्जालको लागि छुट्टै भवन निर्माण गरिदिने बताए ।

उनले नगरमा बहेका सबै भजन समुहहरुलाई समेट्न समेत आग्रह गरेका थिए । कार्यक्रममा कोभिडको समयमा राहत सामग्री वितरण गरेर सहयोग पुर्याएको भन्दै विभिन्न भजन समुहहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा १५ वटा भजन समुहलाई बाध्यवादनका सामानहरु वितरण गरिएको भजन सञ्जालकी अध्यक्ष रुजा घिमिरेले जानकारी दिईन