सुन्दरहरैचा  शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास र तथा समन्वय इकाइ मोरङ, विराटनगरले कानुन विपरित विद्यालय कर्मचारी नियुक्त गरे नियुक्त गर्ने पदाधिकारीबाट तलबभत्ता असुल उपर गरिने व्यवस्थाप्रति सामुदायिक विद्यालयलाई ध्यानाकर्षण गराएको छ । इकाइले मंगलबार जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखालाई परिपत्र गर्दै ध्यानाकर्षण गराएको हो ।

‘विभिन्न सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी नियुक्तिसम्बन्धी विषयमा विभिन्न नियमनकारी निकायहरूमा उजुरी परेको र छानविन गर्दा विद्यालय कर्मचारी स्वीकृत पद नै नभएको, विद्यालय व्यवस्थापन समितिलाई कर्मचारी स्थायी नियुक्ति गर्ने कार्यक्षेत्र नरहेको र नियुक्ति गर्दा शैक्षिक योग्यता एवम् नियुक्ति प्रक्रियासँग सम्बन्धित मापदण्डरकार्यविधि समेतको परिपालना नगरी विद्यालय आफैंले कर्मचारीको पद सिर्जना गरी स्थायी नियुक्ति गर्ने कार्यले विद्यालयलाई दीर्घकालीनसम्म आर्थिक भार बढ्ने साथै उक्त कार्य कानुन विपरित हुने र दरवन्दी नै नरहेको स्थानमा नियुक्ति गरेमा शिक्षा नियमावली २०५९ (संशोधन सहित) नियम ९८ को उपनियम ३ अनुसार त्यस्तो नियुक्त व्यक्तिरकर्मचारीको लागि तलबभत्ता वापत खर्च भएको रकम नियुक्त गर्ने पदाधिकारीबाट असुल उपर गरिनेछ भन्ने व्यवस्था भएको हुँदा कर्मचारीको पद स्वीकृत र नियुक्ति सम्बन्धी कानुनी व्यवस्थालाई अनिवार्य रूपमा परिपालन गर्न गराउनु हुन अनुरोध छ,’ जारी परिपत्रमा भनिएको छ ।

इकाइले विद्यालय कर्मचारी सम्बन्धी नीति गत व्यवस्था र विद्यालय सहयोगी र कर्मचारीको करार नियुक्तिबारे पनि ध्यानाकर्षण गराएको छ ।

याे पत्र हेर्नुहाेस् 

patra.jpg