इटहरी । प्रेस चौतरी सुनसरीको अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन् ।सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुन ।
सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन् । प्रेस चौतारी सुनसरीको उपाध्यक्षमा विकास चाम्लीङ र विमला कस्यप भएका छन भने सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्ताव चयन भएका छन ।
यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन २५ सदस्यीय समितिमा पाँच सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन ।


