altइटहरी :सुनसरी जिल्लाको बुर्जु गाउँपालिका स्थित बुर्जु तालमा आयोजना गरिएको महोत्सवमा आउने भनिएका भारतीय नायक नआएपछि उपस्थित ले कार्यक्रम स्थलमा तोडफोड गरेका छन् । महोत्सवमा आउने भनिएका भारतीय नायक तथा गायक खेसरीलाल यादव नआएपछि उनका फ्यानहरुनै तोडफोडमा निस्किए पछि स्थिती तनावग्रस्त भएको छ ।

barju-mahotsav-todfod
स्थिती नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ । मोहत्सवमा आगजनी र तोडफोड सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेको बताइएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी र एम्बुलेन्स तिन वटा दमकल पुगेको छ । खेसरीलालका शुभचिन्तकले चार वटा सवारीसाधनमा आगजनि गरेका छन् भने दर्जनौ सवारीसाधनमा तोडफोड गरेको बताइएको छ ।
दगा र सशस्त्र र विराटनगरबाट पनि प्रहरी टोलि पुगेको बताइएको छ । भिडभाड र हुल्दुगाँ बढेपछि बिराटनगर प्रहरीले खेसरीलाललाई विराटनगरमै रोकेको बताइएको छ ।