इटहरी / ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।                         ताप्लेजुङको साँवाबाट दोभानतर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो १ः१५ बजे दोभान साँवा सडकखण्डको खाम्लुङमा आफैँ अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खस्दा मेरिङदिन गाउँपालिका–१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह–चालक घाइते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको तथा थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।