प्रहरी जवान रबिन्द्र दनुवार जिल्ला प्रहरी कार्यालय सुनसरीको पुस महिनाको उत्कृष्ट प्रहरी पुलिस अफ द मन्थ घोषित भएका छन् । वडा प्रहरी कार्यालय (ख) इटहरीमा दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको अपराध अनुसन्धान शाखामा कार्यरत दनुवार जिल्लाको अवैध हतियार ओसार पसार, लागूऔषध, चोरी तस्करी तथा अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरि अपराध नियन्त्रणमा अहोरात्र खटी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई पुलिस अफ द मन्थबाट सम्मानित गरिएको हो ।
प्रहरी उपरीक्षक सञ्जयसिंह थापाबाट हस्ताक्षरित दनुवारको सम्मान पत्र एक महिना भर प्रहरी कार्यालयमा सम्मान स्वरुप राखिने छ ।
नेपाल प्रहरी उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मानित गर्ने गरेको छ। प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालयहरूले आफ्नो मातहतमा रहेका प्रहरीको हौसला बढाउन सम्मान गर्ने अभियान चलाउँदै आएको छ।
कामको उचित मूल्यांकन हुने भएको हुँदा पुरस्कारले अझ थप बढी काम गर्न जिम्मेवार बनाएको पुरस्कृत प्रहरी जवान दनुवारको भनाइ छ।



