सुन्दरहरैँचा । किवानिस क्लब अफ सुन्दरहरहरैचा वर्ष २०२२ का लागि अध्यक्षमा विनोद भट्टराई चयन भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा शंकर प्रसाद बजगाईं उपाध्यक्षमा पार्वती गच्छदार, सचिवमा यादव पौडेल, हर्कराज राई , कोषाध्यक्षमा विजय लिम्बू सहकोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यमा उज्ज्वल थापा, सुमन ढकाल, फडिन्द्र सुवेदी, उपेन्द्र बजगाई, बाबुराम भट्टराई, सर्मिला आचार्य, मेनुका ढकाल र सुष्मा थापा निर्वाचित भएका छन भने सदस्य वृद्धिमा गणेश भट्टराई र सुमन तिम्सिना चयन भएका छन ।

संस्थापक अध्यक्ष विकास बजगाईले विनोद भट्टराई नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै विगतको भन्दा अझ राम्रो काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रमुख आतिथि इन्द्रपुर जेसिज २०२० का अध्यक्ष गणेश प्रसाद भट्टराईले विगतमा क्लवले असहाय तथा जेहेन्दार बालबालिकाका शिक्षाका लागि शैक्षिक तथा आर्थिक सहयोग गरिएको बताउँदै अब गरिब तथा जेहेन्दार बालबालिकाका हरेक पक्षलाई सहयोग हुने कार्य गर्न नेतृत्वलाई आग्रह गरे ।received_488027129341350