इटहरी / इटहरीमा रहेका छाडा कुकुरलाई दुर्घटना बाट रोक्न नियोन लाइट रिफ्लेक्टरसहितको ब्यान्ड लगाइएकाे छ । इटहरीकाे मुख्य चाेक आसपासमा रहेका छाडा कुकुरहरू रातिकाे समयमा दुर्घटना हुने क्रम बढेपछि रोटर्याक्ट क्लब अफ सुनसरीले उक्त कार्य गरेकाे हाे । १५ माघ गते शनिबार इटहरीकाे मुख्य चाेक, संगित चाैक, वीपी चाेक लगायतका क्षेत्रका ३२ वटा कुकुरहरूलाई रिफ्लेक्टर लगाइएकाे संस्थाकी अध्यक्ष माला धितालले जानकारी दिइन् । संस्थामा आवद्ध १६ जनाकाे समुहले कुकुर बिस्कुट लगायतका खाने कुरा समेत वितरण गरेकाे उनले बताइन् ।