धनकुटा / धनकुटा नगरपालिका–७ जिरोप्वइन्टस्थित कोशी लोकमार्गमा मंगलबार साँझ टेम्पु दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनकुटा बजारबाट जिरोप्वइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको अटोटेम्पु साँझ करिब ८ः३० बजे जिरोप्वइन्टको खोल्सी नजिक नालीमा पल्टिएको हो । दुर्घटनामा टेम्पु चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० बर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।,‘बजारबाट कोठातिर जाँदै गर्दा जिरोपइन्ट मास्तिर टेम्पु पल्टिएर उहाँको मृत्यु भयो ।’ टेम्पु पल्टिदा गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँनासाथ डाक्टरले मृत घोषित गरेका हुन् । मृतक मगरको टाउकोसहित शरिरका विभिन्न भागमा चोट देखिएको छ ।दुर्घटनाको कारणवारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार दिपक खड्काले जानकारी दिए ।


