सुन्दरहरैँचा ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा एक जना बालिका बलात्कृत भएकी छन् । स्थानीय ५३ वर्षीय रामदेव चौधरीले १२ वर्षीया बालिकालाई बुधबार साँझ बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ललाईफकाई घरनजिकको बाँसघारीमा लगेर चौधरीले बालिकालाई बलात्कार गरेका हुन् । 

घटना बाहिरिएपछि प्रहरीले बालिका बलात्कारमा संलग्न चौधरीलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताए । 

बलात्कार पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । पीडकको स्वास्थ्य परीक्षण पनि धरानमै गरिएको प्रहरीले जनाएको छ ।