उदयपुर / उदयपुरमा बुधबार साँझ टिपरको ठक्करबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।
कटारी नगरपालिका–३ मा बा ३ ख ४४१६ नम्बरको टिपरले ठक्कर दिँदा कटारी–३ का ७२ वर्षीय जिनिलाल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ७ः५० बजेतिर टिपरले ठक्कर दिँदा ठाकुरको घटनास्थलमै मृत्यु भएको हो ।


