विराटनगर  /  ब्लेडले आफ्नै घाँटी काट्दा विराटनगर महानगरपालिका–१५ का एक जना पुरुष गम्भीर घाइते भएका छन् । 

विराटनगर–१५ का ५० वर्षीय बलराम चौधरीले आज (बिहीबार) बिहान ब्लेडले आफ्नै घाँटी काटेको प्रहरीले जनाएको छ । घाँटी काटेपछि गम्भीर घाइते भएका उनको उपचार जारी छ ।  उपचारका लागि कोसी अस्पताल ल्याइएका चौधरीलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ब्लेडले काटेको ठाउँबाट रगत बगिरहेको छ । 

घाँटी काटेर चौधरीले आत्महत्याको प्रयास गरेको हुन सक्ने उनले बताए । चौधरीले आफ्नै घाँटी काट्नुपर्ने कारण खुल्न बाँकी रहेको र घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।