नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् । नेता खनालले काङ्ग्रेसको गठबन्धन टुटे एमालेसँग तालमेल हुनसक्ने बताएका हुन् । 

उनले भने, ‘गठबन्धन टुट्दैन । गठबन्धन समाजवादीलाई मात्र नभएर काङ्ग्रेसलाई पनि अपरिहार्य छ । त्यसैले गठबन्धन टुट्दैन । टुटिहाले  अरू विकल्पमा एकीकृत समाजवादी पार्टी जान्छ । 

साथै नेता खनालले अहिलेकै अवस्थामा एमसिसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने पनी दाबी गरे । उनले भने, ‘एमसिसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको छ ।'

यस्तै खनालले पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसिसीसम्बन्धी आठवटा डकुमेन्ट लुकाएको पनि आरोप लगाए । एमसिसी पारित नभए पनि गठबन्धन कायम रहने दाबी गर्दै नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने पनि ठोकुवा गरे ।