पाथीभरा मन्दिर क्षेत्रमा चौथो पठक भारी हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार सात ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा चौथो पटक हिमपात भएको हो ।
बिहीबार पर्न थालेको हिमपातले बाटो पुरिएपछि तीर्थ यात्रीहरूलाई मन्दिरसम्म पुग्न सकस परेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका एक पदाधिकारीले भने, ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्छ । ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुन्छ ।'
पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भएको हो ।


