युटुबर चेतन कार्की पक्राउ परेका छन् । ब्राउन सुगर र गाँजासहित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को खुर्कोटबाट उनी पक्राउ परेका हुन् ।

बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका कार्कीको ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।

चेतन भ्लगबाट चर्चामा आएका कार्कीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।