तरहरामा गुम्बा भवनकाे शिलान्यास

alt

इटहरी / सुनसरीको इटहरी २० तरहरामा रहेको तरहरा गुरुङ गुम्बामा थप नयाँ गुम्बा भवन निर्माणका लागि  शिलान्यास गरिएको छ ।  स्वर्गिय दानवहादुर गुरुङको अध्यक्षतामा गुम्बा दर्ता गरी तत्कालिन समय  वि.सं. २०५४ सालमा निर्माण गरिएको गुम्बा पुरानो भवनसंगै नयाँ वनाउने गरी शिलान्यास गरिएको हो । 

  तरहरा गुम्बाको पुरानो भवनको तत्कालिन समयका अध्यक्ष स्वर्गिय दानवहादुर गुरुङले शिलान्यास गरेको गुम्बा पुरानो भएको तथा थप भवनको आवश्यकता समेत हुन थालेको समयमा समाजसेवी सिजन गुरुङको अगुवाईमा नयाँ गुम्बा भवन निर्माणको शिलान्यास एक कार्यक्रमका विच गरियो । 

 गुम्बाको एक कठ्ठा एघार धुर जमिन रहेकै क्षेत्रमा निर्माण गरिने गुम्बा भवनका लागि एक करोड अनुमानित खर्च हुने र सोका लागि स्थानीय स्तर साथै दाताहरुको सहयोगमा निर्माण सम्पन्न गर्ने गर्ने लक्ष्य राखिएको गुम्बा निर्माणको अगुवाई गरिरहेका सिजन गुरुङले जानकारी दिए । 

 तरहरा गुरुङ गुम्बाका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा भएको  शिलान्यास कार्यक्रममा तमू ह्युल छोंज धी राष्ट्रिय परिषदका बरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङ,सुनसरी जिल्ला अध्यक्ष बकसमान गुरुङ,संगठन सचिव दिव्यराज गुरुङ , तरहरा गुरुङ गुम्बाका लामा गुरु शिव गुरुङ , लामा गुरु नरेश लोक्तेन लगायतको सहभागिता रहेको थियो ।

    धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ धनकुटाको पाख्रीबासबाट कौडा र नगदसहित १५ जना पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय धनकुटाले पाख्रीबास बजारस्थित एक घरमा जुवाको ख ...

    ट्रकको ठक्करबाट दुई जनाको मृत्यु ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    इटहरी। इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसा ...

    इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न इटहरीमा सीबी कलेज तथा सीबी रेसिडेन्सियल स्कुलको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित सीबी कलेज तथा सीबी रेसिडेन्सियल सेकेन्डरी स्कुल ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]