प्रेस चौतारी नेपालले विभिन्न पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम घोषणा गरेको छ ।

चौतारीले २४औँ स्थापना दिवस अवसरमा आज (शनिबार) पुरस्कृत हुने व्यक्तिको नाम घोषणा गरेको हो । २०७७ सालमा समेत चौतारीले विभिन्न पुरस्कार प्रदान गर्न बाँकी नै थियो । ०७७ र २०७८ सालकै लागि पुरस्कृत हुने व्यक्ति घोषणा गरिएको चौतारीले जनाएको छ । 

चौतारीका अनसार ०७७ सालको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरष्कार राजेन्द्र अर्याललाई र ०७८ को यो पुरस्कार गगन विष्टलाई प्रदान गरिने छ । अर्याल र विष्ट चौतारीका पूर्वअध्यक्ष हुन् ।

०७७ सालको अग्निशिखा पत्रकारिता पुरष्कार कृष्णविनोद लम्साल र ०७८ सालको यो पुरस्कार झलक सुवेदीलाई प्रदान गरिँदै छ । ०७७ सालको डेकेन्द्र थापा पत्रकारिता पुरष्कार राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई र ०७८ सालको यो पुरस्कार पश्चिम रुकुमकी पत्रकार हीरा परियारलाई प्रदान गरिने भएको छ । 

०७७ सालको वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक केपी गौतमलाई र ०७८ सालको यो पुरस्कार पर्साका पत्रकार अनुप तिवारीलाई प्रदान गरिने छ । 

चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरष्कार शान्ति गुरुङलाई, ०७७ सालको पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरष्कार अब्दुल्ला मियाँलाई र ०७८ सालको यो पुरस्कार शिवराज भट्टलाई प्रदान गरिने चौतारीले जनाएको छ । 

घोषित पुरस्कार चौतारीको आउँदो महाधिवेशन उद्घाटन अवसरमा प्रदान गरिने चौतारी अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।