एमसिसी–सम्झौताविरुद्ध संसदबाहिर रहेका १८ राजनीतिक दलहरूले माघ २६ गते काठमाडौँमा व्यापक जनसहभागितामा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै ती दलसहित विभिन्न सङ्घसंस्था र अभियानहरूको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
संयुक्त जनआन्दोलनले आगामी माग २६ गते दिउँसो १२ः३० बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई बानेश्वरतर्फ विरोध र्यालीको रूपमा गई विरोधसभा गर्ने कार्यक्रम रहेको छ । जनआन्दोलने ठूलो सङ्ख्यामा विरोध–प्रदर्शन र जनसभामा सहभागी भई राष्ट्रघाती एमसिसी–सम्झौतालाई अस्वीकार गर्न सरकारमाथि सशक्त दबाब दिन देशभक्त नेपालीहरू र विशेष गरी उपत्यकामा रहेका नागरिकहरूलाई अपिल गरेको छ ।


