इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ। विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी,प्राकृतिक चिकित्सा आदि छन् । 

उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने सवाल हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ । 

एक सर्वेक्षणअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् । 

यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स्वास्थ्य सेवा दिइरहेको छ । २०७० मा दर्ता गरी आफूहरुले यो विधिबाट सेवा सुरु गरेको डाक्टर खगेन्द्र ओली बताउँछन् । यतिबेला भने इन्खा एकीकृत अस्पतालमा रुपान्तरीत भइ अन्य बिधाको चिकित्सा सेवा पनि दिन थालेको छ । received_2784218435204541

डाक्टर खगेन्द्र ओली इन्खा एकीकृत अस्पतालका अध्यक्षसमेत रहेका छन् । डा. ओलीका अनुसार होमियोप्याथी विश्वमा आफ्नो हानिरहित, एकपटक निको भइसकेको रोग पुनः बल्झिने सम्भावना नहुने, रोगलाई जरैबाट निर्मूल पार्ने, दुरगामी लाभदायक उपचार, तुरन्त प्रभावकारिता एवं कम खर्चमा सर्वसुलभ औषधीहरुको उपलब्धताको कारण  चिकित्साको क्षेत्रमा लोकप्रिय हुँदै गइरहेको छ ।

इन्खा एकीकृत अस्पतालले होमियोप्याथी उपचारका साथ साथै एलोप्याथिक, फिजीयोथेरापी, एक्युपंचर, पन्चकर्म, सौना, भिडियो एक्सर,े प्रयोगशाला सेवा सहितको सबै विधा र पद्धतिबाट एकै ठाउँमा सेवा दिइरहेको छ । 

271909076_671124797576588_550777291078263275_n

इटहरीका भिषण थुलुङ राई सवारी दुर्घटनामा परे । त्यसपछि उनको हात नचल्ने भयो । उनी पनि इन्खा अस्पतालमा उपचार गर्न आए । सिनियर फिजियोथेरापिस्ट नवीन मगरले फिजियोथेरापी विधिबाट उपचार गरेपछि आफ्नो हात ठिक भएको उनी बताउँछन् । ्

उता, मोरङ विराटचौककी ललिता राई वाथ रोगले थलिएकी थिइन् । होमियोप्याथी विधिबाट उपचार गरेपछि ठिक हुन्छ भन्ने सुनेपछि उनी परिवारका सदस्यको सहयोगमा यहाँ उपचार गर्न आइन् । उनले एक बर्ष उपचार गर्दै औषधी सेवन गरिन.। अहिले आफू निको भएको उनी बताउँछिन् । 

इन्खा एकीकृत अस्पतालले देशभित्रका मात्र हैन विदेशी नागरिकलाई पनि सेवा दिएको तथ्यांक छ । अमेरिकन फुटबल क्लब बी. वाइर्. एस. सी.लगायत थुप्रेै देशी बिदेशी क्लबका खेलीडीहरुलाई पनि फिजीयोथेरापी गराइएको डा. ओलीले बताए ।    received_2502354139898729

इन्खाले सेवा अस्पतालमा आएका मात्र हैन समय समयमा दुर्गम ठाउँका नागरिकलाई पनि निःशुल्क सेवा दिने गरेको छ । सुनसरी जिल्लाकै दुर्गम ठाउँ भनेर चिनिने बराहाक्षेत्र नगरपालिका–९ श्रीलंका टापुमा लगायतका थुप्रै दुगम ठाउंंमा पुगेर सेवा दिएको छ । 

नोबेल मेडिकल अस्पताल विराटनगर र इन्खा एकीकृत अस्पताल इटहरीले संयुक्त स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिएको छ । received_1010929143103968

इन्खा एकीकृत अस्पतालमा वरिष्ठ हाड जोर्नी तथा नशारोग विशेषज्ञ तथा कोशी अञ्चल अस्पतालका शाखा प्रमुख डा .महेन्द्रप्रसाद महतो, मुटु, दम, छाती, पेट थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ वरिष्ठ फिजिसियन डा. सच्चिदानन्द दाश ,बाल रोग बिशेषज्ञ डा.फरेन्द्र शाह, जनरल फिजिसियन डा. शिब शर्मा लगायत सेवा दिने गरेका छन् । 

होमियोप्याथी सेवा मात्र दिएको छैन थप सेवा बिस्तार गरि एकीकृत उपचार सेवा दिने कार्य पनि गरिरहेको छ । सबै बिधाका (एलोप्याथी, होमियोप्याथी, फिजियोथेरापी एक्युपंचर, भिडियो एक्सरे अत्याधुनिक प्रयोगशाला सेवा पनि दिइरहेको छ । 

होमियोप्याथी प्राकृतिक सिद्धान्तमा आधारित एक वैज्ञानिक चिकित्सा पद्धति हो । received_623688928926722

यसको आविष्कार सन् १७९६मा जर्मनीका एक एलोप्याथिक चिकित्सक डा. स्यामुयल की्रस्चियन फेडरिक हैनीमेन (एम.डी) ले गरेका हुन् । यो चिकित्सा विधि आफ्नो अस्तित्वमा आएको लगभग २ सय २५ वर्ष नै भइसकेको छ । विश्व स्वास्थ्य संगठनको भनाइअनुसार होमियोप्याथी चिकित्सा  विश्वमा प्रयोग हुने एलोप्याथीपछिको दोस्रो चिकित्सा पद्धति हो । विश्वका सयभन्दा बढी मुलुकहरुमा साठी करोड मानिसहरु होमियोप्याथिक औषधिको प्रयोग गरिरहेका छन् ।