इटहरी । "Love For All Hatred For Non" अर्थात् " सबै लाइ प्रेम गरौ ,  कसैलाइ गृणा नगरौ " भन्ने नारा लिएर अगाडि बड्दै गरेको अहमदिय संघ नेपालले एक आपसमा माया, सद्भाव, शान्ति तथा भाइचारा बढाउने उदेश्यले इटहरीका बिभिन्न चोक शान्ति अभियान सुरु गरेको छ । बिगतमा खेलकुद , स्वास्थ्य तथा समाजसेवा गर्दै आएको अहमदिय संघ नेपाल आइतवार इटहरी खनार लगायत सुनसरीका बिभिन्न ठाउमा आभियान सञ्चालन गर्दै आएको छ । "हामि सम्पुर्ण नेपाली दाजुभाइ बनौ , देशमा शान्ति कायम गरौ " " मानबता कायम गरौ " "Love For All Hatred For Non " अर्थात् " सबै लाइ प्रेम गरौ ,  कसैलाइ गृणा नगरौ "  जस्ता सन्देशमुलक लेख लेखिएका बोर्ड हरु प्रदर्शन गर्दै शान्ति अभियान सुरु गरेको छ ।

273457655_742356660061946_2467387384821656971_n

शान्ति अभियान कै क्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काको कार्यकक्ष तथा पुर्ब संसद कल्पना चौधरी को घरमै पुगि पुगेर सहयोग तथा सहकार्य गरेका थिए ।